ताजा समाचार:
Search

माेनाकाे अध्यक्षमा अमर छन्त्याल निर्वाचित

विकल्प न्युज / बेनी

कार्तिक ४ गते ।

म्याग्दी प्रवासी नेपाली संघ (माेना) अन्तर्राष्ट्रिय कार्यकारी समितिकाे अध्यक्षमा अमर छन्त्याल निर्वाचित हुनुभएको छ ।

बेनीमा सम्पन्न चौथाे महाधिवेशनले म्याग्दीको गुर्जा जन्मघर भई हाल अमेरिकामा बसाेवास गर्नु हुने छन्त्यालकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्विराेध निर्वाचित गरेकाे निर्वाचन मण्डलका संयाेजक सुवाष कुमार श्रेष्ठले जानकारी दिनुभयाे ।

यसैगरी वरिष्ठ उपाध्यक्ष डदिवल खड्का (जापान),उपाध्यक्षहरू सुर्य भट्टचन (पाेर्चुगल),जंग वहादुर पुन (युके),नन्द गर्वुजा(युएई),महिला उपाध्यक्ष पुर्णिामापाईजा(हङकङ),महासचिव हरि रामजालि(अष्ट्रेलिया),सचिव सुनेश केसि( दक्षिण काेरिया),विष्णु बरूवाल सुवाेध ( साउदि) निर्वाचित हुनुभएको छ ।

यसैगरि प्रवक्तामा हिक्मत श्रेष्ठ, काेषाध्यक्षमा महेन्द्र खड्का (जापान) निर्वाचित हुनुभएको निर्वाचन संयाेजक श्रेष्ठले जानकारी दिनुभयाे । अधिवेशन कार्तिक २ गते बेनिमा सुरू भएको थियाे ।