लभहिलमा थुलङले सिर्जनाको मन चोरेपछि…..(भिडियो सहित)

सन्तोष गौतम /विकल्प न्यूज
बेनी १० माघ ।
बेनी नगरपालिका ४ खबराको लभहिलमा छायांकन भएको “हिजो सम्म अञ्जान थियौ…..” बोलको गीतको म्युजीक भिडीयो सार्वजनिक भएको छ ।

बेनीको क्रियटिभ मिडीयाले युट्युव मार्फत सार्वजनिक गरेको म्युजीक भिडीयोका छायांकन लभहिलमा भएको थियो । भुपेन्द्र बानियाँ (भुपेन)ले निर्देशन गर्नुभएको यो गीतमा मल्लाज माझफाँट १ खोलाखेतकी सिर्जना क्षेत्री र पुर्वका कलाकार मन थुलुङग राईले अभिनय गरेका छन् । Love Hilla ma... (1)गीत र म्युजीक भिडीयोको दृष्यले नव प्रेम जोडीले एक अर्कालाई मन पराएको देखाउँछ । युवा युवतीहरुको लागि घुमघामका लागि गन्तब्य स्थल बन्दै गएको लभहिलमा छायांकन भएको भिडीयोमा बेनी, मल्लाज र अर्थुङ्गेको दृष्यलाई पनि देखाइएको छ ।

मन थुलुङग राईको संगित रहेको यो गीतमा लक्ष्मण लिम्बु र मेलिना राईको स्वर रहेको छ ।