“खुसी आँसुले लैदीयो”े म्युजीक भिडीयोको बिमोचन

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १५ पुष ।
म्याग्दीकी नवगायीका बिमला श्रेष्ठको लोक दोहोरी गीत र म्युजीक भिडीयोको शुक्रबार बेनीमा बिमोचन गरिएको छ ।

प्रथम धौलागिरी लोकतारा शक्ति छिनाल र गायीका श्रेष्ठको स्वर रहेको “खुसी आँसुले लैदीयो”को हातेमालो साहित्य प्रतिष्ठानको आयोजना गरेको कार्यक्रममा अग्रज सर्जक दिपक कार्की बिखर्चीले बिमोचन गर्नुभएको हो ।

बेनीको क्रियटिभ मिडीया प्रोडक्सनले बजारमा ल्याएको भुपेन बानियाँले निर्देशन गर्नुभएको सो गीतको म्युजीक भिडीयोमा धु्रब जिसी, सारीका केसी, राजकुमार बानिया र दुर्गा बिरहीको अभिनय रहेको छ ।dsc09151बिमोचन कार्यक्रममा प्रमुख अतिथि कार्की, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिबनबहादुर विश्वकर्मा, सञ्चारकर्मी तथा कलाकार पदम विश्वकर्माले जिल्लालाई चिनाउन गीत संगितको महत्वपूर्ण भुमिका रहने बताउनुभयो ।

जिवन कार्की (अथक)को अध्यक्षता, दर्पण रोकाको सञ्चालन र अमित विश्वकर्माको स्वागतमा सम्पन्न कार्यक्रममा कलाकार धु्रब जिसी, निर्देशक भुपेन बानियाँ लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।