खुसी आँसुले लैदियोको म्युजीक भिडीयो छायांकन सुरु

विकल्प न्यूज/बेनी
पुस ५ गते ।
प्रथम धौलागिरी लोकतारा शक्ति छिनाल र बिमला श्रेष्ठको लोक गित एल्बम “खुसी आँसुले लैदियोको” म्युजीक भिडीयो छायांकन सुरु भएको छ ।mugic-vdo-sooting-3बेनीको क्रियटिभ मिडीया प्रोडक्सनले निर्माण गर्न लागेको उक्त म्युजीक भिडीयोमा बेनीका ब्यवसायी तथा कलाकार धु्रब जिसी र सारिका केसीको अभिनय रहनेछ् । आइतबारदेखि छायांकन सुरु भएको म्युजीक भिडीयो छिट्टै तयार भएर बजारमा आउने निर्देशक भुपेन बानियाँले जानकारी दिनुभयो ।

सो म्युजीक भिडीयोको बेनी नगरपालिकाको चुत्रेनी र सुर्केमेलामा छायांकन गरिएको छ । कुहुँ पैयुपाटाका छिनाल गत वर्ष बेनीमा भएको प्रथम धौलागिरी लोकतारा प्रतियोगितामा बिजयी हुनुभएको थियो ।