ताजा समाचार:
Search

हाम्रो खिबाङ गाउँ म्यूजिक भिडियो सार्वजनिक(भिडियो सहित)

विकल्प न्यूज/बेनी
मंसिर १४ गते । 15095525_1823144711293174_7743985275472702516_nम्याग्दीकोे घार गाविसमा पर्ने खिबाङलाई चिनाउने उद्देश्यले “हाम्रो खिबाङ गाउँ” बोलको गीतको म्यूजिक भिडियो तयार गरिएको छ । खिबाङ गाउँका बिल पुर्जा पुनमगरको शब्द रचना रहेको म्यूजिक भिडियोमा गायिका गिता पाइजाले स्वार दिनुभएको छ ।
15094880_1823145211293124_8535018798135185573_n म्याग्दीको पर्यटकीय क्षेत्र खिबाङ,घोडेपानी र पुलहिलमा छायांकन गरिएको भिडियोमा मौलिक नृत्य, भेषभुषा  र गाउँबस्तीको दृष्यहरु समावेश गरिएको छ । गीत र म्युजीक भिडीयो मार्फत मगर मौलिक कला र संस्कृतीको संरक्षणसंगै प्रचारप्रसार गरी पर्यटन विकासमा सघाउने उद्देश्यले म्यूजिक भिडियो तयार गरिएको रचनाकार बिल पुर्जाले बताउनुभयो ।

आशिस म्युजिक प्रा.लिको व्यानरमा निर्माण भएको भिडियोको निर्देशक पुस्कर थापाले गर्नुभएको छ भने मोडलिङमा सरिस्मा मगर रहनुभएको छ । भिडियोमा  अन्य  कलाकारहरु पनि म्याग्दीकै छन् । सोमबार भिडियो युटुवमार्फत सार्वजनिक गरिएको छ । म्यूजिक भिडियोको  पोखरामा मंसिर २१ गते विमोचन गरिने पुर्जाले बताउनुभयो ।