गलेश्वरमा चलचित्र “कुशुम”को शुभमुहुर्त

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २ कात्तिक ।
म्याग्दीमा चलचित्र “कुशुम”को छायांकन सुरु भएको छ । बेनी नगरपालिका ९ स्थित प्रसिद्ध धार्मीक स्थल गलेश्वरमा मंगलबार चलचित्रको शुभमुहुर्त गरिएको हो ।
रुद्राक्ष फिल्मको ब्यानरमा रविन्द्र कुँवरले निर्माण गर्न लागेको चलचित्र छायांकनको नेपाल चलचित्र संघका पश्चिमाञ्चल क्षेत्रीय सभापति अनोद श्रेष्ठले शुभमुहुर्त गर्नुभएको हो । क्षत्रीय सभापति श्रेष्ठले यो चलचित्रले म्याग्दीको प्रचारप्रसारमा समेत सघाउ पुग्ने बताउनुभयो ।dsc05562 रुद्र खनाल कार्यकारी निर्माता र निर्देशक तथा लेखक नवराज घिमीरे रहनुभएको चलचित्रमा म्याग्दी रत्नेचौरका मोहन बोगटी र हर्षीका श्रेष्ठको मुख्य अभिनय रहने छ । यसअघि म्युजीक भिडीयोमा अभिनय गरेका बोगटीले कुशुम मार्फत ठूलो पर्दामा डेब्यु गर्न लागेका हुन् । dsc05558नायीका श्रेष्ठले यसअघि लुटेरा, मुखौटा, कर्कस, नागबेली, आवारा, नतिजा, मिसन पैसा रिलोडेड लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन् । प्रेम कथामा आधारीत चलचित्र म्याग्दीको गलेश्वर, बेनी, लभ्लीहिल, देविस्थान, रत्नेचौर, पर्वतको मल्लाज दरवार र पोखरामा छायांकन गरिने निर्देशक घिमीरेले जानकारी दिनुभयो ।

सम्राट बस्नेतको दन्द्ध, टंक बुढाथोकीको संङगित र दिब्य सुवेदीले छायांकन गर्ने कुशममा राजकुमार थापा, शिरीर राणा लगायतका कलाकारको पनि भुमिका रहने जनाइएको छ ।