म्याग्देली कलाकार शर्माको गायन र अभिनयमा डेब्यु(भिडियो सहित)

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १८ असोज ।
म्याग्देली कलाकार दिपक शर्माले गायन र अभिनयमा डेब्यु गरेका छन् ।
शर्माको शब्द, संगित र लय भएको लोक पप शैलीको हे बरै … बोलको गीत सोमबार सार्वजनिक भएको हो । हाईलाईट्स नेपाल मार्फत सार्वजनिक भएको शर्माको आवाज रहेको गीतमा उहाँकै अभिनय देख्न सकिन्छ । युट्युवमा सार्वजनिक भएको १२ घण्टामा साढे चार हजार जनाले गीत हेरेका छन् ।

सो गितको म्युजीक भिडीयोमा शर्माले हाँस्य टेलीशृङखला भद्रगोलकी कलाकार रक्षा केसीसंग अभिनय गर्नुभएको छ । “गायन र अभिनयमा मेरो डेब्यु हो” शर्माले भन्नुभयो । रोमान्टीक शैलीको यो गीतमा लोक भजन र कौराको समिश्रण पाईन्छ ।

अनील मानन्धरले छायांकन र बसन्त सापकोटाले निर्देशन गरेको भिडीयोको टेकेन्द साहले सम्पादन गरेका छन् । अभिनयमा शर्माले मन पराएकी रक्षालाई पट्याउन सफल भएको देख्न सकिन्छ । अहिलेको चर्चीत चलचित्र छक्का पञ्जाको समेत संगितकार रहेका कुहुँ ५ पैयुपाटामा जन्मिएका ३१ वर्षिय शर्मा एक दशक भन्दा लामो समयदेखि सांगितीक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ।

वि.स २०६० सालदेखि सांगितिक क्षेत्रमा प्रवेश गरेका शर्माले संगितको माध्यमबाट आफू र जिल्लाको नामलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरसम्म चिनाउन सफल भएका हुन् । काठमाडौको ललितकला क्याम्पसबाट संगितमा प्रविणता प्रमाणपत्र तह उतिर्ण गरेका शर्माले भारतको ईलहावाद विश्व विद्यालयमा संगितमै पाँच वर्ष कोर्ष गर्दैछन् ।

संगितमा लागेर खाली बस्नु नपरेको र यसैलाई मुख्य पेशा बनाएका शर्माले वौद्धिक सम्पत्तीको पहिचान र संरक्षण गर्नु चुनौतीको रुपमा बताउनुहुन्छ ।

वि.स २०६२ सालमा पहिलो पटक चलचित्र तेजावको गितमा संगित दिएका शर्माले अहिलेसम्म दर्जन बढी चलचित्र र सात सय गितमा संगित भरीसकेको बताए । उहाँले दुई सय भन्दा बढी चलचित्र, सुगम संगित र पप गित लेख्नुभएको छ ।

सानैदेखि गित संगितप्रति रुची भएका शर्माले संगित भरेका अञ्जु पन्तको आवाज रहेको रुदै हिड्छौ जहिले पनि…, प्रमोद खरेलले गाएको छुट्टिएर तिमीसंग.., शिव परियारको सबैले मलाई घृणा गरेपनि…., स्वरुपराजले गाएको रुदै हिड्छौ जहिले पनि लगायतका गित चर्चीत छन् ।

कान्छा निर्देशक सौगात बिष्टले बनाएको लब यु बाबा चलचित्रको गितबाट शर्माले गिनीज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए । यसैगरी चलचित्र सम्झीराखेहैको आँधी खोला उर्लीएर तारी खेतलाई हान्यो, अन्जु पन्तले गाएको मलाई आफ्नो बनाएर बोलको गित पनि शर्माले संगित भरेका मध्यका चर्चीत हुन् ।