निशा के.सी को नयाँ एल्बम भिरमा गाइको बाच्छी बजारमा (भिडियो सहित)

विकल्प न्यूज/बेनी
असोज १७ गते ।
लोकदोहोरी क्षेत्रमा एक पछि अर्को पाइला अघि वढाउँदै लगेकी म्याग्दीकी निसा केसीको भिरमा गाइको बाच्छी नामक नया गीति एल्बम बजारमा आएको छ । सोमबार मात्र युटुव मार्फत सार्वजनिक भएको एल्बमलाई सवैजनाले माया गरिदिनुहुने अपेक्षा निसा केसीले व्यक्त गर्नुभएको छ । एल्बममा रमाइलो भेटघाट चौतारी समुह र निसा केसीको संयुक्त प्रस्तुती रहेको छ ।nisaशब्द लय  इन्द्र जिसी र निसा केसीको स्वर रहेको एल्बमलाई टि टाइम म्यूजिक प्रा.लिले बजारमा ल्याएको हो । गीतमा चर्चित मोडेल शंकर विसी र पूर्णिमा श्रेष्ठको अभिनय रहेको छ ।
१४ वटा एल्बम बजारमा ल्याइसक्नुभएकी निसाको अव चाँडै अन्य एल्बमहरु आउने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । राजु परियार र निसा केसीको आवाज रहेको slow sang जलन र , आउ है रोधी आज बजारमा आउने तयारीमा रहेको केसीले बताउनुभयो ।