दसैमा घर आउन नपाउने पदरदेशीका लागि कलाकार बिनोदको गीती कोशेली

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३ असोज ।
म्याग्देली कलाकार बिनोद विश्वकर्माले चाडपर्वमा घरमा आउन नपाउने परदेशीहरुको पीडालाई समेटेर गिती एल्बम तयार पारेका छन् ।binok-bk-ko-song-1म्याग्दीको भकिम्ली २ का बिनोद र उनकी बहिनी अमृताको आवाजमा रहेको “..दशैमा त घर आउनुहै” बोलको गीत हिमसम्झौता डिजीटलले सार्वजनिक गरेको हो । गीतमा बिनोद र अमिता छन्तेलको अभिनय रहेको छ ।binok-bk-ko-song-2युटुयव र सिडी मार्फत गित सार्वजनिक गरिएको छ । आफन्तजन भेला भएर खुसी, शुभकामना साटासाट र दुख पिडा बिर्सेर रमाइलो गर्ने दसै, तिहार लगायत चाडपर्वमा घर आउन नपाउने परदेशी तथा बिदेशीएका आफन्तको अनुपस्थितीमा न्यास्रो मानेर चाडवाड मनाउन बाध्य भएकाहरुको भावनालाई गीतमा समावेश गरिएको छ ।


बिनोदको यो चौथो गीती एल्बम हो भने अमृताले पहिलो पटक यही गित मार्फत सांगितीक क्षेत्रमा डेब्यु गरेकी हुन् । काठमाडौमा बसेर सांगितीक क्षेत्रमा संघर्ष गरीरहेका बिनोदले एक दर्जन गितमा लय तथा शब्द संकलन गरेका छन् ।