बेगका बासिन्दा परम्परागत संस्कृति जोगाउँदै

सन्तोष गौतम/विकल्प न्यूज
भदौ ७ गते ।
म्याग्दीको बेगका बासिन्दाहरु परम्परागत कला र संस्कृतिको संरक्षणमा अग्रसर भएका छन् । बेग गाउँको मुख्य सांस्कृतिक पहिचान मानिने मादले, मारुनी नाच र ठाडो भाका संरक्षणमा स्थानीयबासी अग्रसर भएका हुन् ।

परम्परागत कला र संस्कृतिलाई लोप हुन नदिन बेगका बृद्धबृढाहरुले युवायुवतीलाई पुख्यौली नाच र ठाडो भाका सिकाउन थालेका छन् । वुढापाकाको निधन हुने र प्रौद्धहरु बिदेश जाने समस्याले गर्दा मगर समुदायले बिवाह, छेवार, किरिया, भुमेपुजा, मेला, पर्वमा देखाउन पुख्यौली नाच संकटमा परेको छ ।Bega Madale Maranu (3)प्रौद्धहरु बिदेशीने क्रम बढ्दा मादले, मारुनी नाच देखाउन समस्या परेपछि किशोर, किशोरीहरुलाई सिकाएर परम्परा जोगाउने प्रयास गरेको बेगका मादले उत्तरबहादुर थजालीले बताउनुभयो । उहाँको नेतृत्वमा बेगका युवाहरुलाई मादले, मारुनी नाच सिकाएर मेला, पर्व र संस्कारगत कार्यमा देखाउने गरिएको थजालीले बताउनुभयो ।

गीत गाउने जनशक्ती अभाव भएपछि पछिल्लो समया मोवाईलमा रेकर्ड गरी त्यसैलाई बजाएर नृत्य देखाउने गरिएको छ । म्याग्दीका मगर समुदायको गाउँ र बस्ती अनुसार पुख्यौली गीत र नृत्यको भाका तथा ताल फरक फरक हुने गर्छ । कुनै ठाउँमा सोरठी गाएर मादले, मारुनी नाच्ने गरिन्छ भने केही ठाउँमा ठाडो भाका, सालैजोमा नाच्ने चलन छ ।Bega Madale Maranu (1)महिलाले ठाडो भाकामा गित गाउने र पुरुषहरुले मादल भिरेर तथा महिलाको भेषमा नृत्य देखाउने गर्छन् । तिन जना मादले र तिन जना मारुनी आवश्यक पर्छ । मादले भिरेर नाच्नेलाई मादले र गुन्यु, चोलो लगायत महिलाका कपडा तथा गहना लगाएर नाच्नेलाई मारुनी भनिन्छ ।
परम्परागत समाजमा युवा युवती तथा आफन्तहरु भेट हुँदा नाच गान गरेर मनोरञ्जन लिने तथा मनको बह पोख्ने गर्दथे । सोरठी र ठाडो भाकाका गितमा देवी देवतालाई खुसी बनाउने देखि माया पिरती र प्रकृतीप्रेमका शब्दहरु सुन्न पाईन्छ ।