वेष्ट पोईन्टमा कुमारी जात्रा र भोटो जात्रा (फोटो)

विकल्प न्यूज/बेनी
भदौ ५ गते ।
न्यु वेष्ट पोइन्ट आबासिय उच्चमाविका विद्यार्थीहरुले सांस्कृतिक भेषभुषा प्रदर्शनी गरेका छन् । सामाजिक शिक्षा अन्तर्गत भेषभुषा र संस्कृतिलाई ब्यबहरागत प्रक्रियाबाट सिक्न र सिकाउन विद्यालयले हरेक वर्ष शैक्षिक क्यालेन्डर अनुसार यस्तो कार्यक्रम आयोजना गर्दै आइरहेको विद्यालयले जनाएको छ ।    5 शिक्षालाई जिबन संग जोड्दै गर्दै लैजानु पर्छ भन्ने उद्धेस्यले गरिने यस्ता प्रकारका क्रियाकलापले विद्यार्थीहरुलाई सजिलो तरिकाले सिकाउन मदत पुग्ने अपेक्षा व्यक्त गरिएको छ ।
सानासाना नानिबाबुका अभिभाबक समेतको उपस्थितिमा विद्यालयका प्राचार्य गंगाप्रसाद खतिवडाले पानसमा बत्ति बालेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । 12कक्षा १ सेक्सन ए देखि डी सम्मका सहभागीहरु कोहि मगर, कोहि नेवार, कोहि थकाली, कोहि क्षेत्री र ब्राह्मण बनेर स्टेजमा देखिए नेपाली लोकधुन संगै ‘र्याम्प वाल्क’ गरेर जब पालोपालो आफ्नो परिचय दिन थाले हल शान्त भयो सबैले ताली बजाए । क्रमैसंग कक्षा ३ सेक्सन ए देखि डी सम्म १२ वटा समुहले प्रदर्शन गरे कक्षा २ र ३ का मगर भेषभुषा प्रदर्शन गर्ने सहभागीले मगर भाषा मै आफ्नो परिचय र समुदायको परिचय दिएका थिए ।
दुइ सत्रमा गरिएको कार्यक्रमको दोश्रो सत्रमा कक्षा ४ र ५ का ए देखि डी सेक्सनको पालो थियो । ८ वटा समुहको प्रदर्शनी हेर्दा कुनै राष्ट्रिय स्तरको कार्यक्रमको आभास भएको कुरा दर्शकको रुपमा उपस्थित अभिभाबक र शिक्षक अभिभाबक संघका अध्यक्ष दिलकुमार श्रेष्ठले बताए । 6कसैले पुर्बेली मगरको पहिरन र धान नाच, गर्रा नृत्य बेठी लगाउने नृत्य समेत प्रस्तुत गरेका थिए भने कुनै समुहले दशैँको टिका जमरा लगाएर दशैको झल्को दिए, एउटा समुहले स्टेजको छेउमा बसेर तिहार मनाउदै थियो । त्यसै गरि अर्को समूह नेवारी पहिरनमा बेनीबजारमा नेवार समुदायको प्रसिद्द लाखे नाच लिएर हाल प्रवेश गर्यो जसले साना साना नानीहरुलाई खुबै हौसयो ।
त्यसैगरी अर्को समूह कक्षा ५ कै समुह रातो मछिन्द्रनाथको अबसरमा देखाइने भोटो जात्रा र इन्द्र जात्राको अबसरमा निकालिने कुमारी जात्रा देखाउदै जीवित देबी कुमारीको पहिरन आकर्षक ढंगले प्रदर्शन गर्यो ।
म्याग्दी जिल्लामा मगर जातिको बाहुल्यता भएकोले अधिकांश बिद्यार्थी मगर भेषभुषामा देखिन्थे भने दग्नाम भेगको प्रतिनिधित्व गरेको समुहले भूमे पुजा र छ्यांग खाने खुवाउने संस्कार समेत प्रस्तुत गरेको थियो । त्यसै गरि कसैले हिन्दु र इशाई समुदायमा गरिने बिबाहको संस्कार समेत प्रदर्शनी गरेका थिए । 2प्रतियोगित्मको माध्यमिक तहमा सामाजिक शिक्षा अध्यापन गराउने शिक्षक मनोज खड्का, शिक्षक दिपेन राइ र कृष्ण जिसीले मुल्याकंन गर्नुभएको थियो । मुल्याकंन समिति मध्ये कृष्ण जिसीले सहभागीलाई पहिरन र सँस्कृित सम्बन्धित कम्तिमा ३ वटा प्रश्न सोद्नुभएको थियो । विद्यालयका प्राचार्य गङ्गा प्रसाद खतिवडाले आफुले सोचे भन्दा पनि उत्कृष्ट प्रदर्शन भएको बताउँनुभयो । कक्षा शिक्षकहरुले कक्षामा बोलेर भन्दा यसरी प्रयोगात्मक रुपमा अभ्यास गराउंदा सिकाइ बढी प्रभाबकारी हुने बताउछन । शिक्षक मनोज खड्काका अनुसार मगरले लगाउने पहिरन भोटो कछाड भांग्रा मात्रै नभएर खुर्पेटो राडी पाखी भिर्ने चामलको सेतो टिका लगाउने भुमेपुजा जस्ता आफ्ना मौलिक परम्परामा प्रयोग हुने खान पान समेत उनीहरुलाई बुझ्न सघाउने हुदा अत्यन्तै प्रभाबकारी रहने स्पष्ट पारे ।8सामाजिक शिक्षामात्रै नभएर अंग्रेजीलाई पनि प्रभाबकारी र प्रयोगात्मक शैलीबाट सिकाउन अंग्रेजी ड्रामा, कथालाई पनि यसरि नै प्रस्तुत गर्दै आइरहेको प्राबी तहमा अंग्रेजी अध्यापान गर्दै आएका धन बहादुर पाठक र गणेश चोखालले बताउनुभयो । कार्यक्रमको संचालन भाइस प्रिन्सिपल सरोज लकान्द्रिले गर्नुभएको थियो । अतिरिक्त क्रियाकलाप बिभाग संयोजक तथा भाइस प्रिन्सिपल सरोज लाकान्दिका अनुसार प्रतियोगिताको कक्षागत नतिजा प्रस्तुत गरिने भएको छ ।