ताजा समाचार:
Search

गलेश्वरमा किन बढ्दैछन् भक्तजन ? (फोटोफिचर)

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १७ साउन ।
म्याग्दीको बेनी नगरपालिका ९ स्थित गलेश्वरमा धार्मीक पर्यटकको आगमन वृद्धी भएको छ ।

गलेश्वरको धार्मीक महत्वका बारेमा प्रचारप्रसार, सडक, पदमार्ग र मन्दिर परिसरमा पुर्वाधार निर्माण भएपछि धार्मीक पर्यटकको आगमन उल्लेख्य मात्रामा बढेको हो । धार्मीक स्थलको दर्शन, पुजाआजाका साथै प्राकृतिक सौन्दर्यता र मनोरम वातावरणमा रमाउन सकिने भएकाले गलेश्वर पर्यटकीय गन्तब्य स्थलको रुपमा बिकसीत भएको छ ।DSC02448कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलीएको चट्टानमाथि अवस्थित दर्जनौ मन्दिरहरु रहेको गलेश्वर धार्मीक मात्र नभएर प्राकृतिक सौन्दर्यताले पनि आकर्षक छ । मठमन्दिर, कालीगण्डकी र राहुघाट नदीको संगम देखि धौलागिरी र निलगिरी हिमालको दृष्यअवलोकन गर्न सकिने गलेश्वरको शान्त र मनोरम वातावरण अर्को बिशेषता हो ।     DSC02419 केही वर्षअघि वरपरका बस्तीबाट मात्र भक्तजन आउने गलेश्वरमा अहिले देशभरका जिल्ला तथा भारत र तेस्रो मुलकबाट वार्षिक दुई लाख जनाको हाराहारीमा धार्मीक पर्यटक आएका गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले बताउनुभयो । बेनी बजारदेखि तिन किलोमिटर उत्तरतर्फ अवस्थित गलेश्वर हिन्दु तथा वौद्ध धार्मवालम्बीहरुको साझा तिर्थस्थल मुक्ति क्षेत्रको प्रवेशद्धार मानिन्छ ।DSC02392गलेश्वरमा शिव, राधाकृष्ण लगायत विभिन्न देवी, देवताका मुर्ती भएका ६ वटा मन्दिर, ढुंगामाथि रहेको कहिल्यै नसुक्ने तलाउ, शालग्राम शिला आदी रहेका छन् । हिन्दु धर्मग्रन्थहरुका अनुसार सतिदेवीको गला पतन भएकाले गलेश्वर नामाकरण भएको मानिने यस स्थानमा पुजाआजा गरेमा मनोकांक्षा पुरा हुने धार्मीक विश्वास छ । धार्मीक आस्था र मन्दिर दर्शनका लागि गलेश्वर आएको भक्तजन टकदेवी शेरपुञ्जाले बताउनुभयो ।DSC02394साउन महिनाको सोमबार, बालाचर्तुदर्शी र शिवरात्रीका दिन बिशेष मेला लाग्ने गलेश्वरमा अन्य समय पनि दैनिक एक सय देखि दुई सय जना सम्म पर्यटक आउने सदस्य सचिव रेग्मीले बताउनुभयो । पछिल्लो समय युवा, युवतीहरु पनि पुजाआजा र दर्शनका लागि आउने क्रम बढेको छ । धार्मीक पर्यटकको आगमन वृद्धीसंगै यहाँको ब्यापार ब्यवसायमा समेत सघाउ पुगेको छ ।DSC02421धार्मीक संस्कारको संरक्षण, मनोकाक्षा पुरा हुने विश्वास, प्राकृतीक सौन्दर्यताको अवलोकनका लागि गलेश्वर आकर्षक गन्तब्य स्थल बनेको छ । कालीगण्डकी नदी, शालग्राम शिला, कलात्मक मन्दिर र मुर्ती, एकान्त वातावरण, मनमोहक दृष्य अवलोकन गर्न सकिने भएकाले गलेश्वर भ्रमणका लागि रोजाईमा परेको आन्तरीक पर्यटक नेत्रराज सुवेदीले बताउनुभयो ।DSC02404गलेश्वरमा भक्तजनले चढाउने भेटि साप्ताहीक र मासिक रुपमा सार्वजनीक गरि त्यसबाट पुर्वाधार निर्माण र प्रर्वद्धनात्मक गतिबिधि गरिदै आएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोष, सरकारी निकाय र दाताहरुले पछिल्लो पाँच वर्षयता गलेश्वरमा तिन करोड रुपैया भन्दा बढी लगानीमा विभिन्न पुर्वाधार निर्माण गरेका छन् । DSC02397