ताजा समाचार:
Search

कोरियामा पर्वत सेवा समाज

दिपिका भुसाल/विकल्प न्यूज
साउन १७ गते ।
सामाजिक क्षेत्रमा सहयोग तथा जन्मभुमिको विकासका साथै बिपतमा परेकाहरुको सहयोगार्थ गठित ‘पर्वत सेवा समाज’को कोरियामा शाखा गठन गरिएको छ ।
कोरियामा कार्यरत इश्वर केसीको अध्यक्षतामा समाजको कोरिया शाखा गठन भएको हो । शाखाको उपाध्यहरुमा दिनेश ढकाल, बिक्रम कुँवरलाई चयन गरिएको छ । त्यस्तै सचिवालय संयोजकमा जयनारायण सुबेदी, सहसचिवमा एस के क्षेत्री, कोषाध्यक्षमा प्रकाश पौडेल र सहकोषाध्यक्षमा किरण श्रेष्ठलाई चयन गरिएको छ । यसैगरि सदस्य समन्वयको जिम्मेवारी गणेश जिसीलाई दिएको पर्वत सेवा समाज कोरियाले जनाएको छ ।koreaसमाजका अन्य सदस्यहरुमा श्याम क्षेत्री, दिनेश पौडेल, गणेश जिसी, संगिता भट्टराईथापा, सेतिस्फे शर्मा, सुनिल थापा रहेका छन् । सोहि अवसरमा अरु तीन जनाले समाजको आजिवन सदस्यता लिएको कोरिया शाखाका संयोवक केसीले जानकारी दिनुभयो ।

‘एकतामा बल हुन्छ, मिलेर गरे केहि असम्भब छैन’ भन्ने भावनाबाट जागृत भई बिभिनन शिलशिलामा विदेशमा रहेका तथा स्वदेशमा रहेका युवाहरुको संयुक्त प्रयासमा स्थापित समाज विगत केहि समयअघि देखि सक्रिय छ । समाजले ‘सम्पूर्ण पर्बतेलीको यौटै छ नारा जन्मभूमीको विकास गर्ने हाम्रो अभिभारा’ भन्ने भावनाबाट ओतप्रोत भाइ जन्मेको माटोका लागि केहि गर्ने उदेस्यले जिल्ला प्रशासन कार्यालय पर्वतमा दर्ता भएको हो ।

देशविदेशमा रहेका परोपकारी व्यक्तिहरु संगठित गर्दै पर्वतको समग्र विकासमा अघि बढ्ने उद्देश्यका साथ बिभिन्न सामाजिक काम गर्दै आइरहेको छ । संस्थाले आजिबन सदस्यता समेत बितरण गर्दै आइरहेको छ । यसै सिलसिलामा जन्मभूमी र मातृभूमीको विकासका लागि अझै बढी सहज सेवा गर्न सकियोस भन्ने उदेस्य लिई दक्षिण कोरियामा शाखा सञ्चालनमा ल्याएको समाजकी संरक्षक दिपिका भुषालले जानकारी दिनुभयो ।

समाज बिसुद्द सामाजिक भावनाको बाट समाजमा समर्पित रहदै र बिभिन्न किसिमका पिडितलाइ सहयोग गर्दै आहिरहेको छ । आगामी दिनहरुमा अन्य देशमा पनि साखा स्थापना गर्दै समाज परिवर्तन र दिन दुखिको लागि सहयोग गर्ने प्रतिबद्दता जाहेर गरेको छ ।