गायक सुमन श्रेष्ठ र क्रिस्टिना ले प्रीतिको फुल फुलाए (भिडियो सहित )

  पछिल्लो समयका गित संगीतमा व्यस्त बन्दै आएका गायक हुन् सुमन श्रेष्ठ ( संगम) उनको को नया एल्बम दृश्य २ पनि सार्बजनिक भएको छ । सुमनले यो गित भन्दा पहिला उनले एक नजर, गरिदेउ काम नेताहरु, झ्याई पर्ने सुर, मै प्यरो जस्ता गीत सार्बजनिक गरिसकेका थिए ।piratiko phoool यसै क्रममा अहिले आएर प्रीतिको फुल फुल्यो बोलको गीत र म्युजिक भिडियो सार्बजनिक गरेका छन । सार्बजनिक यो गीतमा शब्द शंकर अधिकारी घायलको रहेको छ भने ओम प्रकाश राईको संगीत र संजय हमालको एरेन्ज रहेको छ
भिडियो लाई सुरेश कार्कीले निर्देशन गरेका छन् भिडियोमा निर्देशन कार्की संगै क्रिस्टिना थापाको जोडदार अभिनय रहेको छ  । भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन रहेको छ भने टेकेन्द्र शाहले भिडियोलाइ सम्पादन गरेका छन् यसै गरि भिडियोलाई रिदम इन्टरटेन्मेण्टले बजार व्यवस्थापन गरेको छ । onlineraftar.com