ताजा समाचार:
Search

परोपकारी कार्यमा सक्रिय बन्दै म्याग्दी एकता सेवा समिति युएई

जे.सागर युएई/विकल्प न्यूज
असार २५ गते ।

युएईमा कार्यरत म्याग्दीबासी नेपालीहरुको संस्था म्याग्दी एकता सेवा समिति , युएई समाजसेवाको कार्यमा सक्रिय हुन थालेको छ ।

२०१४ डिसेम्बरमा गठन भइ समाजसेवाका विभिन्न कार्यमा आफूलाई सहभागी गराउँदै आएको समितिले यसअघि म्याग्दी स्थित श्री त्रिभुवन मंगला मा।बि।लाई यस अघिनै करिब ६५ हजार रुपैया आर्थिक सहयोग गरिसकेको छ भने आगामी दिनमा यसलाई बढाउने लक्ष राखेको छ ।

त्यसैगरी म्याग्दी ताकम गाविस वडा नं ३ निवासी मृगौला पीडित बम बहादुर बिकलाई करिब १४,०००र( रुपैयाँ ,ब्लड क्यान्सरबाट पीडित राखु भगवती निवासी अञ्जु कार्कीलाई १४,०००र( रुपैयाँ र बाबियाचौर ३ स्थित बाल शिक्षा ग्राउन्ड निर्माणमा ५५५५ रुपैयाँ सहयोग गरेको छ ।myagdi-samaj

सहयोगकै सिलसिलामा गत वर्ष बैशाखमा गएको विनाशकारी भुकम्पमा परि आफ्नो परिवारमा धनजनको क्षति व्यहोरेका युएईमा कार्यरत म्याग्दीबासीलाई करिब चार लाख रुपैयाँ सहयोग गरेको समितिका अध्यक्ष सुशील के सी ले जानकारी दिनुभयो ।

पछिल्लो समय केही सुस्ताए जस्तो देखिए पनि अब यसलाई पुनस् सक्रिय हिसाबले अगाडि बढाउने र निकट भविष्यमा नै एउटा ठोस कार्यक्रम सहित युएईभरीका म्याग्दीबासी नेपालीहरु माझ आउन लागेको अध्यक्ष के।सी। ले दोहोर्याउनु भयो ।

समितिमा आवद्ध सदस्यहरु मध्ये जो कोहि पनि युएईमा बिरामी भएर कम्पनीले उपचार नगरेको खण्डमा उपचार गर्ने, अपांग भइ मुलुक फर्कनुपर्ने अवस्था आएमा पचास हजार रुपैयाँ आर्थिक सहयोग गर्ने, मृत्यु भएमा परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने, अचानक नेपाल फर्किनु परेमा कार्यरत कम्पनीले नदिएको खण्डमा हवाइ टिकट उपलब्ध गराउने लगायतका योजनाहरु अगाडि सारेको छ ।