ताजा समाचार:
Search

दुवईमा मोना गठन

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २९ जेठ ।
बैदेशिक रोजगारी र पेशा, ब्यवसायको क्रममा दुवईमा पुगेका म्याग्देलीहरु संगठीत भएका छन् । १० जुन अथवा शुक्रबार दुवईमा भएको भेलाले त्यहाँ प्रदिप सुवेदीको अध्यक्षतामा प्रवासी म्याग्देली नेपाली संघ (मोना)को राष्ट्रिय समिति गठन गरेको हो ।
त्यहाँ रहेका म्याग्देलीहरलाई दुख पर्दा सहयोग गर्ने, जिल्लाका सामाजिक तथा परोपकारी अभियानलाई सघाउने उद्देश्यले गठन भएको संस्थाको उपाध्यक्षमा ताराप्रसाद निउरे, सचिवमा रमेश कार्की, सहसचिवमा कमल शर्मा र कोषाध्यक्षमा टेक फगामी रहनुभएको छ । UAE Ma Mona Photo
समितिको सदस्यहरुमा सुरज सापकोटा, भिमकुमार राना, शिव सापकोटा, चिनबहादुर राम्जाली, रामजी परीयार, कर्ण बुढाथोकी, भोजबहादुर घिमीरे, दिर्घ जुक्जाली, रामु रखाल र चन्द्र मल्ल रहनुभएको छ ।

संस्थाले दुवईमा रहेका म्याग्देलीहरुको तथ्याङ्क संकलन गर्ने, उनिहरुलाई मोनामा आवद्ध गराउने, कोष स्थापना गरी जिल्लामा सञ्चालन हुने परोपकारी तथा सामाजिक अभियानलार्य सहयोग गर्ने योजना बनाएको छ ।