ताजा समाचार:
Search

म्याग्देली कलाकार केसीको सहने बानी प¥याछ (भिडियो सहित)

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १७ जेठ । म्याग्देली कलाकार निशा केसी र बिरु केसीको संयुक्त लोक दोहोरी गीत ‘जे भनेनी सहने बानी प¥याछ…’ को म्युजीक भिडीयो सार्वजनिक भएको छ ।Nisha kc ko song suting Photo

उक्त गितको भिडीयोमा रञ्जिता गुरुङसंग अभिनय गरेका म्याग्देली कलाकार धु्रब जिसीले भिडीयोमा डेब्यु गरेका छन् । इन्द्र जिसीको शब्द संगित रहेको गीतमा प्रयोग भएको थेगो केसीको रचना हो ।

गीतमा इन्द्र जिसीसंगै कलाकार निशा केसीको स्वर रहेको छ । शंकर बिसीले निर्देशन गरेको गीतलाई राजेश घिमीरेले छायांकन गरेका हुन् । तिन दिन अघि युट्युवमा राखिएको भिडीयो करिब दश हजार जनाले हेरीसकेका छन् ।

दर्शकबाट प्राप्त प्रतिक्रिया र सुझावबाट उत्साहीत भएको हालै कतारमा मोनाले आयोजना गरेको कार्यक्रममा सहभागी भएर सोमबार बेनी फर्कीएकी गायीका केसीले बताउनुभयो । गीत मार्फत बिछोड र प्रेममा सर्मपणको विषयलाई समेट्न खोजीएको छ ।

काठमाडौको गोदावरीमा छायांकन भएको गितको भिडीयो टि टाईम म्युजीक कम्पनी मार्फत बजारमा आएको छ । करिब तिन वर्षदेखि गायन क्षेत्रमा सक्रिय अर्मनकी केसीको यो बाहै गीत हो ।