मृगौला पीडित गुरूङको उपचारमा मलेसियाबाट ९२ हजार सहयोग

विकल्प न्यूज/बेनी
जेठ ७ गते ।
मृगौलाको उपचार गराइरहेका बेनी नगरपालिका–१३ का ३६ बर्षिय तेजेन्द्र गुरूङलाई मलेसियामा रहेका म्याग्देलीले आर्थिक सहयोग जुटाएका छन्।
आर्थिक अवस्था कमजोर भएर उपचारबाट बन्चित भएका गुरूङलाई मलेसियामा रहेका भकिम्ली–२ छेपारेका सक बहादुर काउचाको नेतृत्वमा संकलन भएको ९२ हजार १९२ रुपैयाँ शुक्रबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ ।
ओमकुमारी शान्ति कोषमा आयोजित कार्यक्रममा कोषका आजिवन सदस्य किरण सापकोटाले कोषका कार्यवाहक अध्यक्ष हरिकृष्ण गौतमलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । IMG_9433

आर्थिक अवस्था अत्यन्त कमजोर रहेको गुरूङको उपचारमा रकम अभाव भएपछि परोपकारी संस्था ओमकुमारी शान्ती कोषले सहसचिव विनय श्रेष्ठको संयोजकत्वमा आर्थिक संकलन अभियान सुरू गरेको थियो ।
स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले गुरूङको उपचारमा सहयोग गरिररहेका छन् । हालसम्म करिव ४ लाख ५० हजार खर्च भइसकेको छ । सहयोग हस्तान्तरण कार्यक्रमको अध्यक्ष कार्यवाहक अध्यक्ष हरिकृष्ण गौतम, सञ्चालन सचिव लोकेश पुनले गरेका थिए । कार्यक्रममा कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, कोषाध्यक्ष खम थापा, सदस्य नरेश श्रेष्ठ लगाएतको उपस्थिती रहेका थियो ।