ताजा समाचार:
Search

जिवन कार्कीको गायन यात्रा

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ५ जेठ ।
म्याग्दीको पिप्ले ४ रानीपौवाका जिवन कार्की (अथक) सांगितीक क्षेत्रमा प्रवेश गरेका छन् ।
म्याग्दी जेसीजले वि.स २०६९ मा आयोजना गरेको दोस्रो म्याग्दी लोकतारा प्रतियोगितामा उपबिजेता बनेका कार्कीले तिन वटा लोक पप र आधुनिक शैलीको गित रेकर्ड गरेर बजारमा ल्याउने तयारी गरेका छन् ।DSC01718

महारानी युवा कल्व रानीपौवाले बुधबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा गायक कार्कीले जेठ ८ गते बेनीको रुची सिनेमा घरमा हुने बिमोचन कार्यक्रममा भएको आम्दानीको पन्ध्र प्रतीशत पिप्लेका विपन्नहरुलाई सहयोग गर्ने घोषणा गरेका छन् । श्रीकृष्णबम मल्लको शब्द संगित रहेको चन्द्रजस्तो मुहार बोलको गितमा प्रेम चन्द र उषा सुवेदीले अभिनय गरेका छन् । दिपक शर्माको शब्द संगित रहेको उकाली चढ्ने बोलको गितमा विनु कार्की र पुष्प खड्काको अभिनय रहेको छ ।

दिपक कार्की (बिखर्ची)को शब्द, संगित रहेको नजानुस मेरो हजुर भन्ने गितको भने म्युजीक भिडियो तयार गर्ने तयारीमा रहेको तिन वटै गितमा स्वर दिएका कार्कीले बताउनुभयो । यसअघि वि.स २०६९ मा अतित नामको गजल संग्रह सार्वजनिक गरेका कार्कीको गिती एल्बम कार्यक्रमको तयारी तिब्र बनाएको महारानी युवा कल्वका अध्यक्ष देव राना मगरले बताउनुभयो । बिमोचन कार्यक्रममा राज सिग्देल सहितका कलाकारहरुको सांगितीक प्रस्तुती पनि रहने जनाइएको छ ।