ताजा समाचार:
Search

नेपाल सम्वत ११३६ को अवसरमा बेनीमा बिबिध कार्यक्रम

DSC06338
सन्तोष गौतम /विकल्प
म्याग्दी २६ कात्तिक । नेपाल संवत् ११३६ को अवसरमा बिहीबार बेनीमा बिबिध कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल भाषा मंका खल को आयोजनामा बेनीमा शुभकामना आदानप्रदान र ¥याली गरिएको हो । जातीय पोषाकमा सजिएका नेवार समुदायले झाँकी सहित बेनी बजारको बालमन्दिरचोक, मंगलाघाट, हुलाकचोक, न्युरोड, क्याम्पसचोक, गणेशटोल हुदै संगमचोक सम्म ¥याली निकालेका थिए ।

¥यालीपछि आयोजित कार्यक्रममा सांसदद्धय नवराज शर्मा र रेशमबहादुर बानिया लगायतका सहभागिहरुले नेपालमा बसोबास गर्ने विभिन्न समुदाय बीच सद्भाव कायम गर्दै संबिधान कार्यान्वयन गर्न जुट्नुपर्ने बिचार व्यक्त गर्नुभयो ।

सहभागिहरुले  राष्ट्रिय विभूति शङ्खधर साख्वाले गरिब जनताको ऋणमोचन गरी सुरुआत गराउनुभएको नेपाल संवतलाई मौलीक संवतको रुपमा स्थापित गराउनुपर्नेमा जोड दिएका थिए । सो अवसरमा नेवार समुदायबाट गत वर्षको एसएलसी परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने चार जना छात्रछात्रालाई नगद सहित सम्मान गरिएको थियो ।  DSC06344

सामुदायीक विद्यालयतर्फ प्रकाश उच्च माविका रामकृष्ण श्रेष्ठ र मुक्तिधाम उच्च माविका रञ्जना श्रेष्ठ तथा निजीतर्फ न्यु वेष्ट प्वाईन्ट आवाशिय उच्च माविका श्रीया वौद्धाचार्य र माउन्ट एभरेष्ट आवशिय उच्च माविका शिर्षक श्रेष्ठलाई नगद एक हजार पाँच सय सहित पंशसापत्र प्रदान गरिएको थियो । DSC06343

कार्यक्रममा नेपाल मगर संघ म्याग्दीका अध्यक्ष मुक्ति रोका र भाषा मंका खलका निवर्तमान अध्यक्ष राजेन्द्र श्रेष्ठले मन्तब्य व्यक्त गर्नुभएको थियो । नेपाल भाषा मंका खलका कार्यबाहक अध्यक्ष कुबिरकुमार श्रेष्ठको अध्यक्षता, जग्गादाता धर्मनारायण श्रेष्ठको प्रमुख आतिथ्यता र सचिव ईश्वर श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले स्वागत गर्नुभएको थियो ।    तस्विर ठाकुरप्रसाद आचार्य