म्याग्दी जेसीजको सांस्कृतीक कार्यक्रम

सन्तोष गौतम/विकल्प न्युज
म्याग्दी १० बैशाख ।
म्याग्दी जेसीजको आयोजनामा बिहीबार साँझ बेनी स्थित रुची चलचित्र मन्दिरमा हाँस्यव्यङग्य तथा सांस्कृती कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल जेसीजको हाँस्यब्यङग्य यात्रा २०७३ अन्तरगत आयोजित उक्त कार्यक्रममा कलाकारहरुले मनोरञ्जनका साथै राष्ट्रियता र नयाँ संबिधानको उपलब्धिका बारेमा सन्देश पनि प्रवाह गरेका थिए ।DSC00618

साँझ साढे पाँच बजेदेखि दुई घण्टा चलेको कार्यक्रममा मनोज गजुरेल, मिलन अमात्य, सुरेन्द्र केसी, शिवसंकर रिजाल, महादेव त्रिपाथी, दिपेन शाह र जानवी बोहोराको हाँस्यब्यङग्य, प्रहसन, गित र नृत्य प्रस्तुती रहेको थियो ।13010812_975630929159135_7212586008102036015_n

पाँच सय जना भन्दा धेरै दर्शकहरुले कार्यक्रमको अवलोकन गरेका थिए । मनोरञ्जनको माध्यमबाट युवाहरुमा राष्ट्रिय भावना जागृत सिर्जना र देशका लागि निर्वाह गर्नुपर्ने दायीत्वप्रती जागरुक बनाउन कार्यक्रम आयोजना गरिएको म्याग्दी जेसीजका अध्यक्ष भिमसेन बराइलीले बताउनुभयो ।