धाइरिङका आगलागी पीडितलाई युकेबाट सहयोग

विकल्प न्यूज/बेनी
बैशाख ४ गते । धाइरिङ गाविस लालुङखानीका आगलागी पीडित परिवारहरुलाई युकेबाट आर्थिक सहयोग प्राप्त भएको छ । धाइरिङ ९ निवासी हाल युकेमा रहनुभएका दधी आचार्य र सोही गाविस ७ का नारायणप्रसाद आचार्यले आगलागी परिवारका लागि २३ हजार पाँचसय रुपियाँ आर्थिक सहयोग गर्नुभएको हो । aago lagi help
शनिबार मिलनचोकमा पर्वतका प्रहरी नायव उपरिक्षक गंगा पन्तले आगलागी पीडित परिवारका सदस्यहरुलाई प्रतिपरिवार पाँचहजारका दरले रकम हस्तान्तरण गर्नुभएको धाइरिङ गाविसका सचिव दुर्गाप्रसाद शर्माले बताउनुभयो । साथै आगलागी परिवारका ७ बालबालिकालाई पाँचसय रुपियाँका दरले राहत वितरण गरिएको उहाँले बताउनुभयो । aago lagi help 1
फागुन २८ गते स्थानीय सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा धाइरिङमा चार घर जलेर नष्ट भएको थिए । आगलागीबाट दीपा आचार्य, कर्णबहादुर दमाई, उजेली दमाई, मनबहादुर दमाई र कृष्णबहादुर दमाईका घरगोठ जलेर नष्ट भएका थिए । मानवीय क्षति नभए पनि धनमाल, अन्न, गोठ र परालका टौवा डढेको थियो । आगलागी हुँदा करिब २५ लाखको क्षति भएको अनुमान गरिएको छ ।

IMG_0036