ताजा समाचार:
Search

नव मोडल क्रिष्टिनाको ‘तिम्रै यादमा रोएँ’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज/बेनी
बैशाख २ गते ।
नयाँ वर्षको आगमन सँगै म्याग्दीकी नव मोडल क्रिष्टिना थापाको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

Sanam-and-kristina

चर्चित मोडल सनम कठायतको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समयका व्यस्त मोडल सनमले ‘तिम्रै यादमा रोए” गीतको म्युजिक भिडियोमा क्रिष्टिना थापासंग रोमान्स र वियोग पीडा साटेका छन् ।

गायक जनक बिबस न्यौपानेको शब्द ,संगीत र स्वरमा रहेको सो गीतको म्युजिक भिडियो नयाँ वर्षको अबसरमा बुधबार सार्वजनिक गरिएको हो ।

पछिल्लो समयका प्रेम प्रेमिकाहरुको ‘इमरेजेन्सी लभ र ब्रेकअप’का कथा बढिरहेका बेला उनीहरुलाई सान्तवना दिदै याद भुलाउने एउटा भरपर्दो माध्यम बन्न सक्छ जनक विवशको यो गीत र भिडियो ।

गीतमा समेटिएका शब्द, संगीत र मोडल सनम तथा क्रिष्टिनाको अभिनयले दर्शकका लागी ‘हर्ट टचिङ’ भिडियो बनेको छ ।