ताजा समाचार:
Search

मृगौला पीडित विरामीका लागि आर्थिक संकलन गर्न युवाहरुको देउसी भैलो

 

DSC06266

ठाकुरप्रसाद आचार्य / विकल्प
काक्तिक २५ गते । मृगौला रोगबाट पीडित लक्ष्मण पुनको सहयोगका लागि पर्वत बेनीका युवाहरुले देउसी भैलो मार्फत अभियान चलाएका छन् । पर्वत वेनीमा रहेको उत्साही समुहले पुनको जिवन रक्षाका लागि देउसी भैलो मार्फत आर्थिक संकलन अभियान थालनी गरेको हो ।

DSC06273
पर्वत बेनी निवासी मृगौला पीडित पुनको उपचारका लागि आर्थिक संकलन गर्ने उद्देश्य राखेर देउसी भैलो कार्यक्रम आयोजना गरिएको उत्साहि समुह पर्वत बेनीका अध्यक्ष मनोहर श्रेष्ठले बताउनुभयो । उहाँले आर्थिक अवस्था कमजोर भएका पुनको उपचारर्थ भैली मार्फत सहयोग संकलन थालिएको बताउनुभयो । सवैको सहयोगले नै पुनको जिवन रक्षा हुने भएकाले सहयोग गर्न अध्यक्ष श्रेष्ठले सवैमा आग्रह गर्नुभएको छ । DSC06276
कात्तिक २३ गतेबाट सुरु भएको देउसी भैलो २४ गते म्याग्दीको सदरमुकाम बेनीबजारमा आइपुगेको छ । बेनीको हुलाक चोक,न्युरोड र विरेन्द्रचोकमा देउसी भैलो प्रदर्शन गरिसकेको उत्साही समुहले जानकारी दिएको छ । बजारमा हामीले अपेक्षा गरेभन्दा धेरैले खुसीका साथ सहयोग गर्नुभएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।