म्याग्दीमा आज ४४ जना कोरोना संक्रमित थपिए

विकल्प न्यूज\बेनी
माघ ६ गते । म्याग्दीमा पछिल्लो २४ घण्टामा ४४ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्तीमा जनाए अनुसार एन्टिजेन परिक्षणबाट २२ र पिसिआर परिक्षणबाट २२ गरी ४४ जना कोरोना संक्रमित थपिएको जनाएको छ ।

पछिल्लो समय देशभर नै कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । यसका साथै म्याग्दीमा पनि केही दिन यता कोरोना संक्रमणको दरमा वृद्धि हुनथालेको छ । कोरोना संक्रमण वढेसँगै जिल्लामा शैक्षिक संस्थाहरु बन्द गर्नुका साथै सार्वजनिक सेवा लिन खोप कार्डको अनिवार्य गरिएको छ ।