ताजा समाचार:
Search

म्याग्दीका गाउँमा इन्टरनेट सेवा विस्तारका लागि सहयोग जुटाउन पोर्चुगलमा सांस्कृतिक कार्यक्रम

विकल्प न्यूज/बेनी
चैत २३ गते ।

म्याग्दीका सवै गाविसमा इन्टरनेट सेवा विस्तारका लागि विदेशमा वसोवास गर्ने म्याग्देलीहरुले सहयोग जुटाउन थालेका छन् । यहि अप्रिल २४ का दिन मोना पोर्चुगलले सांस्कृतिक कार्यक्रम गरि सहयोग जुटाउने अभियानको थालनी गर्न लागेको मोना अन्तरास्ट्रिय युरोप विभागका सचिव तथा मोना पोर्चुगलका सल्लाहकार सुर्जे भट्टचनले जानकारी दिनुभयो ।

mona purchugal
कार्यक्रममा नेपालको लोक सांस्कृतिक नौमती बाजाको विशेष प्रस्तुती रहने छ । पोर्चुगलको लिजबोन शहरमा नौमति बाजा सहितको सांस्कृतिक कार्यक्रमको आयोजना गरेर आर्थिक संकलन गरिने भट्चनले बताउनुभयो ।
चार करोड रुपैयाँ लागत अनुमान गरिएको म्याग्दीको सबै गाविसमा ईन्टरनेट सेवा विस्तार आयोजनाका लागि जिविस र मोनाबीच हालै आर्थिक स्रोत जुटाउने लिखीत सम्झौता भएको छ । ग्रामिण दुरसञ्चार प्राधिकरण कोषले दुई करोड रुपैयाँ उपलब्ध गराउने उक्त नमुना आयोजनामा प्रवासी र जिविसले थप दुई करोड रुपैयाँ जुटाउने सम्झौता भएको हो । सम्झौता अनुसार प्रवासमा रहेका म्याग्देलीहरुले आर्थिक सहयोग जुटाउन विभिन्न कार्यक्रमहरु गरिरहेका छन् ।