म्याग्देली कलाकार बानियाँ र बराईलीको भुल्न खोजे तिमीलाइ (भिडियो सहित)

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २३ चैत ।
म्याग्देली कलाकार सुनिल बानिया र बिदुर बराईलीको गित ‘भुल्न खोजे तिमीलाई…..’को भ्युजीक भिडीयो तयार भएको छ ।Bhulna Khoje (3)

गायीका अन्जु पन्तको स्वर रहेको प्रेममा बिछोडको पिडालाई समेटेको आधुनिक गितमा म्याग्दीका भगवान बानिया र पोखराकी सिर्जना गुरुङले अभिनय गरेका छन् । अर्थुङ्गेका बानीया र बेनीका बराईलीले निर्देशन गरेको म्युजीक भिडीयोको गितमा लय तथा संगित शालीक सापकोटाको रहेको छ ।Bhulna Khoje (4)

म्याग्दीको धार्मीक स्थल गलेश्वरमा गणेश सापकोटाले छायांकन गरेको उक्त गितको म्युजीक भिडीयो तरेली संगित कुञ्ज काठमाडौ मार्फत सार्वजनीक भएको हो ।

गित तथा भिडीयो मार्फत प्रेममा धोका खाएकी युवतीले पुर्व प्रेमीलाई झुल्न नसकेको कथा प्रस्तुत गरिएको छ । युट्युवमा गित हेरेर प्राप्त भएको सकारात्मक प्रतिक्रियाबाट उत्साहीत बनेको कलाकार बानियाले बताउनुभयो ।