म्याग्दीका स्थानीय तहमा आज माओवादी केन्द्रको सम्मेलन हुँदै

विकल्प न्यूज/बेनी
मंसिर ११ गते ।

राष्ट्रिय सम्मेलनपूर्व तल्ला तह कमिटिका अधिवेशन गरिरहेको नेकपा (माओवादी केन्द्र) आज शनिबार एकसाथ स्थानीय तहको अधिवेशन गरेर नेतृत्व चयन गर्दैछ् ।

अधिवेशनको प्रचारदेखि व्यवस्थापकीय तयारीका काम पूरा भएको नेकपा माओवादी केन्द्रको निर्बाचन समितिका म्याग्दी जिल्ला संयोजक चन्द्रबहादुर घिमिरेले जानकारी दिनुभयो । “सके सर्वसम्मत नत्र निर्वाचनमार्फत पालिकाको नेतृत्व चुनिन्छ,” उहाँले भन्नुभयो “सात पदाधिकारीसहित नगरपालिकामा ६५ र गाउँपालिकामा ५५ सदस्यीय कमिटी अधिवेशनबाट निर्वाचित हुनेछ ।”

३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र ५ प्रतिशत मुस्लिम समुदायको प्रतिनिधित्वको व्यवस्था रहेको घिमिरेले बताउनुभयो । पालिका तहको निर्वाचनका लागि पाँच सदस्यीय निर्वाचन कमिटी गठन भई क्रियाशील रहेको निर्बाचन समितिका संयोजक घिमिरेले बताउनुभयो । सर्वसम्मत नेतृत्व चयन हुँदा पनि निर्वाचनको सबै विधि र प्रक्रियालाई अबलम्वन गरिने उहाँको भनाइ छ ।

माओवादी केन्द्रले यसअघि टोल, सेल कमिटीका भेला हुँदै वडा तहका अधिवेशन सम्पन्न गरिसकेको छ । गत शनिबारदेखि शुरु भएको वडा अधिबेशन अन्तरगत म्याग्दीका ३९ वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । छ वटा वडामा संगठन कमिटि गठन भएको छ । शनिबार अन्नपूर्ण गाउँपालिका बाहेकका म्याग्दीका पाँच वटा पालिकामा अधिबेशन हुने भएको छ ।

बेनी नगरपालिका, रघुगंगा, मंगला, मालिका र धवलागिरी गाउँपालिकाको पालिका अधिबेशनको तयारी पुरा भएको जिल्ला संयोजक रेशम जुग्जालीले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाको पालिका अधिबेशनको मिति केही दिनमा तय हुने जिल्ला सदस्य ओम फगामीले बताउनुभयो ।

धेरै ठाउँमा नेतृत्व हस्तान्तरण भएको माओवादी केन्द्रका जिल्ला इञ्चार्ज गोबिन्द पौडेलले बताउनुभयो । वडा कमिटीको पदाधीकारीमा युवा, दलित र महिलाहरुको बाहुन्यता देखिएको उहाँले बताउनुभयो । म्याग्दीमा माओवादी केन्द्रको सदस्य संख्या तीन हजार जना पुगेको छ ।

बेनी नगर अध्यक्ष सेरबहादुर केसीका अनुसार १ देखि १० नम्बर वडामा क्रमश ः हिराबहादुर बोगटी ९सुरत०, कृष्णबहादुर कार्की, खिमबहादुर पुन, केन खत्री ९सन्दिप०, बिज्ञान केसी, यादब सुबेदी, बिजय किसान, मोहन बरुवाल, सागर बानिया र केशबहादुर बस्यालको अध्यक्षतामा कमिटि गठन भएको छ ।

मंगला गाउँपालिकाको १ देखि ५ नम्बर वडामा क्रमश ः ओमबहादुर किसान, अर्जुन शाही,सोमबहादुर छन्त्याल, दलबिर पुन र अस्तमान घर्ति वडा कमिटिको अध्यक्षमा चयन भएका माओवादीका प्रदेश कमिटि सदस्य टेकबहादुर बिकले जानकारी दिए ।

रघुगंगा गाउँपालिकाको– १ मा खिमबहादुर पुर्जा, २ मा बिरबहादुर कटुवाल ९बालकृष्ण०, ३ मा रमेश शर्मा ९नारायण०, ४ मा बिबहादुर पुन, ५ मा भिमबहादुर बिक र ६ मा सन्तोष बिकको अध्यक्षतामा वडा कमिटी चयन भएको पालिका अध्यक्ष हरी भण्डारीले बताउनुभयो ।

यसैगरी अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर २ मा रेशम पुन, ३ मा थमबहादुर बिक, ५ शिखमा उदिप्रसाद पाइजा, ६ घारमा टिकबहादुर बरुवालको अध्यक्षतामा १७ सदस्यीय र वडा नम्बर ७ हिस्तानमा नन्दबहादुर पुनको अध्यक्षतामा वडा कमिटी गठन भएको गाउँपालिका इञ्चार्ज बुद्धी पुनले जानकारी दिनुभयो ।

मालिका गाउँपालिकाको १ देखि ७ नम्बर वडामा क्रमश ः रमेश पुन, हर्कलाल बिक, मोतिप्रसाद बुढा, रेशम पुन, रबिन्द राना, ओमकार रोका र होमबहादुर जुग्जालीको अध्यक्षतामा वडा कमिटी गठन भएको छ ।

धवलागिरी गाउँपालिकाको १ मा सिता छन्त्याल, २ मा लालप्रसाद बिक, ३ मा अबहादुर पुन, ४ मा मिलन घर्तिमगर, ६ मा चक्र पुन र ७ मा अशोक खत्रीको अध्यक्षतामा वडा कमिटी चयन भएको माओवादीका गाउँपालिका सचिब रेशम पुनले जानकारी दिनुभयो ।

लामो समयपछि आन्तरिक प्रतिस्पर्धालाई आत्मसाथ गरेको सो पार्टीका सम्मेलन तथा अधिवेशनले नेता, कार्यकर्तामा उत्साह जगाएको छ । वडा, स्थानीय तह, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ । प्रदेश तहको अधिवेशन यही मङ्सिर २५ गतेलाई तोकिएको छ । आउँदो पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन हुँदैछ ।