बेनीमा मगरमुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन सुरु(फोटोफचर)

विकल्प न्यूज/बेनी
मंसिर ८ गते । विप्लव नेतृत्वको नेकपाको भातृ संगठन मगरमुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन बेनीमा सुरु भएको छ । बेनीको खुल्ला मञ्चमा सम्मेलनको उद्घाटन नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले गर्ने जनाइएको छ । सम्मेलनमा देशभरबाट करिब ४ सय प्रतिनिधिहरु सहभागि भएका मगर मुक्ति मोर्चाका संयोजक गमबहादुर श्रीसमगरले बताउनुभयो । सम्मेलनका अवसर बेनीमा नौमती बाजासहितको ¥याली निकालिएको थियो । नयाँ नेतृत्व चयन गदैै सम्मेलन शुक्रबार सम्पन्न हुने जनाइएको छ ।