बिममा माओबादी केन्द्रको वडा कमिटी गठन

विकल्प न्यूज/बेनी
मंसिर ७ गते ।


म्याग्दीको मालिका गाउँपालिका– ७ विममा सोमबार होमबहादुर जुग्जालीको अध्यक्षतामा नेकपा माओवादी केन्द्रको वडा कमिटी गठन भएको छ ।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीको उपस्थितमा भएको प्रथम वडा अधिबेशनबाट २९ सदस्यीय कमिटी भएको हो । कमिटीको उपाध्यक्षमा सरु श्रीपाली, सचिवमा टंकलाल शर्मा, सह–सचिवमा देबराज जुग्जली र कोषाध्यक्षमा याम बहादुर जुग्जाली रहनुभएको छ ।

अधिबेशनको अवसरमा बि.स. २०७४को स्थानीय चुनावमा नेपाली कांग्रेसबाट वडा सदस्यको उमेद्बार बन्नुभएकी पोपसरा सुनार माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । अधिवेशनलाई सम्वोधन गर्दै माओवादीका जिल्ला संयोजक जुग्जालीले म्याग्दीमा माओवादीलाई शक्तिशाली र बलियो बनाउन संगठन विस्तार वडास्तरबाट सुरु गरिएको बताउनुभयो ।

उहाँले माओबादीको एजेण्डा अनुसार लागू भएको गणतन्त्र र संघीयता र समावेशी ब्यवस्थाको ब्यवहारिक कार्यान्वयन गर्न जनताको साथ माओवादीलाई हुनुपर्नेमा जोड दिनुभयो । मालिका गाउँपालिका अन्तरगत वडा नम्वर १ निस्कोट बाहेक अन्य वडामा माओवादीको वडा कमिटी गठन गरिएको संयोजक जुग्जालीले जानकारी दिनुभयो ।

मालिका गाउँपालिकाको वडानम्वर २ रुमको अध्यक्षमा हर्कलाल दर्जी, वडा नम्वर ३ डाडागाउँको अध्यक्षमा मोतिप्रसाद बुढा, वडानम्वर ४ ओखरबोटको अध्यक्षमा रेशम पुन, वडा नम्बर ५ देबिस्थानको रबिन्द्र राना, वडा नम्वर ६ दरवाङको अध्यक्षमा ओमबहादुर रोका रहेकोसंयोजक जुग्जालीले जानकारी दिनुभयो । बेनी नगरपालिकासहित मंगला गाउँपालिकाको सबै वडामा नेतृत्व चयनसंगै जिल्लाको ३१ वटा वडामा माओवादी केन्द्रको वडा कमिटी गठन भएको छ ।