कांग्रेस म्याग्दीको मतगणनाकाे प्रारम्भिक नतिजा सार्वजनिक

विकल्प न्युज/ बेनी

म्याग्दी, ३ कात्तिक । काँग्रेस म्याग्दीको सातौ जिल्ला अधिवेशनमा उप सभापति , सचिव, सहसचिव लगायत कार्य समिती र महाधिवेसन प्रतिनिधि चयनको लागी भएको मतदानको  कार्यसमितिकाे पदाधिकारीकाे  प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।

मतदानमा कुल ७३८ मतदातामा ७१२ मत खसेकाे छ ।  नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशन अन्तरगत सर्वसम्मत नभएका पदमा बुधवार मतदान भएको थियाे ।

अधिवेशनमा समापतिमा खमबहादुर गर्वुजा सर्वसम्मत भएपनि उपसभापति, सचिव, सह-सचिव र महाधिवेशन प्रतिनिधि लगायतका पदमा मतदान गरिएको हो ।

नेपाली कांग्रेस म्याग्दी सातौं अधिवेशनको पदाधिकारीकाे ताजा मतपरिणम सार्वजनिक भएको छ । अहिले सम्म  मतगणना भएको १८३ ।
उपसभापति तर्फ :
माधबप्रसाद रेग्मी– २८
क्या. मिनबहादुर कार्की – २८
कर्णबहादुर भण्डारी ‘केबी’– ८९
कमल छन्त्याल –२३

हरिकुमार श्रेष्ठ : ९४

क्या: डम्बरबहादुर गर्वुजा पुन : ६५

सचिवतर्फ :
अजयमिलन श्रेष्ठः– ९२
भरतबहादुर रकालः–१०१
दुर्गाराम सुबेदीः–४९
हिरा पुन –८८
सहसचिवतर्फ :
धुब्रराज कार्कीः–१०१
श्रीराम पौडेलः–९८
कोमलप्रसाद उपाध्यायः–६४
अन्य पदहरूकाे परिणाम आउन बाकि छ ।