नेकपा एमाले म्याग्दीको ३४ वडामा नयाँ नेतृत्व चयन

म्याग्दी, ७ कात्तिक ।

एमाले म्याग्दीले ३४ वडामा एमालेले नेतृत्व चयन गरेको छ। नेकपा एमाले जिल्ला कमिटीले कात्तिक ६, ७ र ८ गते गरी जिल्लाका सबै वडामा वडाकमिटी गठनलाई तिव्रता दिएको छ । जिल्लाको बेनी नगरपालिका, गाउँपालिका अन्तरगत मंगला र मालिकाको सबै वडामा कमिटी गठन सम्पन्न गरेको छ ।

बेनी नगरपालिकाको सबै नेकपा एमालेले वडामा अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनबाट बेनी नगरपालिका अन्तरगत १ को वडा कमिटिको अध्यक्षमा टेक बहादुर थापा, २ को वडाअध्यक्षमा डिल बहादुर घिमिरे, ३ को वडाअध्यक्षमा गेम बहादुर घर्ति, ४ को अध्यक्षमा गोबिन्द पौडेल, ं ५ को वडाअध्यक्षमा दिनेश कार्की, ६ को वडाअध्यक्षमा गणेश बहादुर बानीयाँ, वडा नं ७ को अध्यक्षमा रमेश फगामी ८ को वडाअध्यक्षमा ठाकुर प्रसाद शर्मा, ९ को अध्यक्षमा बाबुराम चोखाल र १० को वडाअध्यक्षमा कृष्ण बहादुर मल्ल रहेको वडाकमिटी गठन गरिएको बेनी नगर कमिटीका अध्यक्ष प्रमोद श्रेष्ठले जानकारी दिए ।

अधिवेशनबाट मंगला गाउँपालिकाको सबै वडामा वडा कमिटी गठन गरिएको छ । जसअन्तरगत १ को वडा अध्यक्षमा एकजीत रोका, २ को वडा अध्यक्षमा जीवन कार्की, ३ को वडाअध्यक्षमा कुलबहादुर थापा, ४ को वडाअध्यक्षमा अर्जुन रोका, ५ को वडाअध्यक्ष्मा कृष्ण छन्त्याल रहेको वडा कमिटी गठन गरिएको छ ।

वडा अधिवेशनबाट मालिका गाउँपालिकाको वडा अन्तरगत १ को वडाअध्यक्षमा यामबहादुर पुन, २ को वडाअध्यक्ष्मा उदयबहादुर बुढाथोकी, ३ को वडाअध्यक्षमा बलहादुर बुढा, ४ को वडाअध्यक्षमा गोविन्द कँडेल, ५ को वडाअध्यक्षमा कुमार बुढाथोकी, ६ को वडाअध्यक्षमा तारामान रोका, ७ को वडाअध्यक्षमा टुकलाल चोचाङ्गे रहेको वडा कमिटी भएको जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।

रघुगंगा गाउँपालिकाको १, ७ र ८ बाहेक सबै वडामा अधिवेशन भएको छ। गाउँपालिका अन्तगरत २ को वडाअध्यक्षमा धुव्र सुवेदी, ३ को वडाअध्यक्षमा सुमन पौडेल, ४ को वडाअध्यक्षमा इन्द्रमान थजाली, ५ को वडाअध्यक्षमा तेजु शेरपुञ्जा, ६को वडाअध्यक्षमा टप्रसाद शेरपुञ्जारहेको वडा कमिटी गठन गरिएको जिल्ला उपाध्यक्ष देवेन्द्रबहादुर कटुवालले जानकारी दिए ।

ध्वलागिरी गाउँपालिकाको १ गुर्जामा अधिवेशन भएको छैन ।  अन्य सवै वडामा वडा कमिटी गठन गरेको छ । गाउँपालिका अन्तरगत ३ को वडाअध्यक्षमा विष्णु भण्डारी, ४ को वडाअध्यक्षमा गणेश घर्ति, ५को वडाअध्यक्षमा धनबहादुर दर्जी , ६ को वडाअध्यक्षमा ज्ञानबहादुर गर्वुजा, ७ को वडाअध्यक्षमा कलानिधि शर्मा चयन भएको वडा कमिटी भएको छ।

अन्नपुणर् गाउँपालिकाको ५ र ६ बाहेक अन्य वडामा वडाकमिटी गठन भएको छैन् । अन्नपुणर्को ५मा तेजबहादुर पुर्जा, ६ भक्तबहादुर खड्का नेतृत्वमा वडा कमिटी गठन भएको छ। रहेको वडामा ८ गते वडाकमिटी गठन गरेर ९ गते पालिका अधिवेशन गर्ने तयारीमा एमाले म्याग्दी रहेको छ।वडा अधिवेशन सफल बनाउन जिल्ला नेताहरु वडा-वडामा पुगेका छन् ।