बेनीमा हुने माेनाकाे चौथो महाधिवेशनकाे तयारी पूरा (भिडियो सहित)

विकल्प न्युज/ बेनी

कार्तिक १ गते । 

संसारभर छरिएका म्याग्देलिहरूकाे साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(माेना) अन्तर्राष्ट्रिय कार्यकारी समितिकाे कार्तिक २ र ३ गते बेनीमा हुने चौथो महाधिवेशनकाे तयारि पूरा भएको अायाेजकले बताएका छन् ।

साेमबार माेनाकाे सचिवालयमा अायाेजित पत्रकार भेटघाट कार्यक्रममा माेनाका महासचिव विक्रम कार्कीले अधिवेशनकाे सवै तयारी पूरा भएको जानकारी दिनुभएको हाे । अधिवेशनमा भौतिक र भर्चुअल गरि  २० देशका २६१ जना प्रतिनिधिहरूले सहभागिता जनाउने छन् । अधिवेशनले अागमि कार्यकालका लागि नयाँ नेतृत्व चयन पनि गर्ने छ ।