मोनाको चौथो महाधिवेशन ः अध्यक्षमा तिन जनाको उम्मेदवारी दर्ता

विकल्प न्यूज/बेनी
असोज ३१ गते ।

नयाँ नेतृत्व चयनका लागि कार्तिक २ र ३ गते बेनीमा हुने म्याग्दी प्रवासी नेपाल संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशनमा तिनजनाले अध्यक्ष पदमा उम्मेदावरी दर्ता गराएका छन् ।

समितिका वर्तमान वरिष्ठ उपाध्यक्ष मीम पुर्जा, उपाध्यक्ष अमर छन्त्याल र महासचिव विक्रम कार्कीले आगमी नेतृत्वको दावी गर्दै अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएको निर्वाचन मण्डलका संयोजक सुवाष श्रेष्ठले जानकारी दिनुभयो । पुर्जा नेदरल्याण्ड,छन्त्याल अमेरिका र कार्की कतारमा बसोबास गर्नुहुन्छ ।

तिनै जना म्याग्दी प्रवासी नेपाली संघको आन्दोलनमा सक्रिय भएर लाग्नुभएका व्यक्तित्वहरु हुनुहुन्छ । म्याग्दीको आर्थिक,सामाजिक र मानविय सेवामा मोनाको महत्वपूर्ण भूमिका रहँदै आएको छ ।

यसैगरी निर्वाचन मण्डलले दिएको जानकारी अनुसार वरिष्ठ उपाध्यक्ष पदमा दधिवल खड्काको उम्मेदवारी दर्ता भएको छ । उपाध्यक्षमा कसैको पनि उम्मेदवारी परेको छैन । महासचिव पदका लागि हरि राम्जालीको उम्मेदवारी परेको छ । कोषाध्यक्ष र सहकोषाध्यक्षमा कसैको पनि उम्मेदवराी परेको छैन । सचिव पदमा रमेश पौडेल, विष्णुप्रसाद बरुवाल, प्रवक्तामा हिक्मत श्रेष्ठको उम्मेदवारी परेको छ ।

महिला संयोजकमा अनुषा थापा, महिला उपाध्यक्ष पुर्णीमा पाइजा, मध्यपूर्व क्षेत्रीय संयोजकमा तिलक पुन मगर, एसिया संयोजक दिपक कार्की, मध्यपूर्व उपसंयोजक दिपक छन्त्याल र महिला उप संयोजक विष्णु बानियाँको उम्मेदवारी परेको निर्वाचन मण्डका संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

समितिमा तिनजना उपाध्यक्ष रहेकोमा कसैको पनि उम्मेदवारी परेको छैन । यसैगरी कोषाध्यक्ष र सह कोषाध्यक्ष पदमा पनि कसैले उम्मेदवारी दर्ता गराएका छैनन् ।

क्षेत्रीय संयोजकहरु पदमा पनि कसैको उम्मेदवारी नपरेको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । आवश्यक संख्यामा उम्मेदवारी नपरेकाले समिति सँग छलफल गरेर पुरानोलाई कायम राखी अर्को निर्वाचन तालिका प्रकाशित गरिने संयोजक श्रेष्ठले बताउनुभयो ।

मोनामा अध्यक्ष १ वरिष्ठ उपाध्यक्ष १ जना उपाध्यक्ष तिन जना, महिला उपाध्यक्ष १ जना, महसचिव १,सचिव २,प्रवक्ता १,कोषाध्यक्ष १, सहकोषाध्यक्ष १, महिला संयोजक १,महिला उपसंयोजक १, क्षेत्रीय संयोजक र उपसंयोजक ५/५ जना रहने व्यवस्था छ । सदस्यहरुमा प्रत्येक देशमा रहेका मोनाका समितिले एक एकजना सदस्यहरु पठाउने व्यवस्था छ ।

कोरोना महामारीको जोखिमका कारण कतिपय देशमा रहेका मोनाका शाखा मार्फत प्रतिनिधिहरु आउन सम्भव नभएपछि भौतिक र अनलाइन मार्फत सहभागीता जनाउन पाउने गरि प्रवन्ध मिलाईएको अध्यक्ष ओमनारायण जुग्जालीले बताउनुभयो ।

महाधिवेशनमा २६१ जनाले सहभागीता जनाउने महाधिवेशन संयोजक मिम पुर्जाले जानकारी दिनुभयो ।
मोनाको बेनी स्थित सचिबालयमा समितिका पदाधिकारीहरु आएर विभिन्न संघ संस्था र व्यक्तिहरुसंग महाधिवेशनको औपचारिक कार्यक्रमलाई सफल बनाउने सम्बन्धमा आबश्यक छलफलमा गरेका छन् ।

महाधिवेशनलाई सफल बनाउन गठीत उपसमितिहरु मार्फत तयारी तीव्र पारिएको र प्रतिनिधिहरु प्रवासबाट स्वदेश आउनेक्रम समेत बढेको उहाँले बताउनुभयो ।

महाधिवेशनबाट मोनाको आगामी दुई बर्षे कार्यकालको लागी नयाँ नेतृत्व समेत चयन हुनेछ । उद्घाटनको अवसरमा बेनीमा साँस्कृतिक झाँकी सहितको ¥याली समेत आयोजना गरिने जनाइएको छ । आगमी मंगलबार जिसस सभाहलमा महाधिवेशन उद्घाटन हुने आयोजकले जनाएका छन् ।