भगवती कोतमा राँगो मार हान्ने युवालाई सम्मान

म्याग्दी, २८ असोज ।

म्याग्दीको रघुगंगा गाउँपालिका-२ भगवतीस्थित भगवती कोतमन्दिरमा नवमीको दिनमा सरकारी रागोको मार हान्ने आर्यन खड्कालाई पुजा समिति र राखुबासीले भब्य सम्मान गरेका छन् ।

तीन लाख रुपैयाँ बोलकवोलमा सरकारी राँगो भगवती बयरी डिलका युवा आर्यन खड्काले सफल पुर्वक मार हानेका हुन् ।

हालसम्मकै बढी मूल्यको बोलकबोलमा कोतमन्दिरमा रागो उनले हानेका थिए। हरेक बर्ष बढीबढाउमा सरकारी राँगो हान्नेलाई आफन्तजन लगायतबाट सम्मान र बाजागाजासहित मार हान्ने ब्यक्तिलाई घर पुर्‍याउने चलन रहेको छ।

एतिहाँसिक भगवती कोत मन्दीरमा सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास रहेको छ ।

मार हान्ने ब्यक्तिले चाहेको पुरा हुने भएपछि हरेक बर्ष बढीबढाउमा भाग लिनेहरु बढ्दै गएको पुजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले बताए ।

तत्कालिन बाइसे/चौबिसे राज्यकालदेखी यहाँको कोटमन्दीरमा बढीबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ । यस बर्ष भगवती कोत मन्दिरको पुर्ननिर्माण गरिएको थियो ।