दशैंमा माेना हङकङकाे साथले बालगृहका बालबालिकामा खुसि छायो

विकल्प न्युज/ बेनी

असाेज २८ गते ।

दशैंमा म्याग्दी प्रवासी नेपाली संघ (माेना हङकङ) काे साथ पाएपछि बालगृहका अनाथ बालबालिकाकाे मुहारमा खुसी छाएको छ ।

बेनीमा रहेकाे नेपाल वालसंगठन म्याग्द्वा्रा संचालित बालगृहमा रहेका अनाथ बालबालिकाले दशैं मनाउन माेना हङकङकाे साथ मिलेपछि उनिहरूमा खुसि छाएकाे छ । दशैं तथा शुभदिपावलीका अवसरमा माेना हङकङले अनाथ बालबालिकाका लागि सहयाेग गरेकाे हाे ।

बालगृृहमा रहेका ११ जना बालबालिका लागि एक सेटका दरले नयाँ कपडा र खानाकाे व्यवस्थाका लागि माेना हङकङले एकलाख रूपैया सहयाेग गरेकाे बाल संगठनका अध्यक्ष राजेश शाक्यले बताउनुभयाे ।

उक्त सहयाेगबाट विहिवार बालबालिकालाई नयाँ कपडा हस्तान्तरण र खाना खुवाईएकाे सचिव सन्दिप खत्रिले जानकारी दिनुभयाे । माेना हङकङका  संस्थापक अध्यक्ष तुल्मराज राम्जालीले बालबालिकालाई कपडा हस्तान्तरण गर्नुभएको थियाे ।