बेनीको कोतघरमा फुलपाती भित्र्याइयो (फोटो\भिडियो)

विकल्प न्यूज/बेनी
असोज २६ गते ।


नवदुर्गाको सातौ दिन अर्थात आश्विन शुक्ल सप्तमीका दिन म्याग्दीका कोत एवं हिन्दुधर्मावलम्बीले आ–आफ्नो घरमा फूलपाती भित्र्याएर मनाएका छन् ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतिकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याइयो हो ।

सदरमुकाम बेनीको बेनी कोत मन्दिर, ज्यामरुककोत, भगवती, ताकम लगायतका ठाउँमा रहेका कोतघरहरुमा शास्त्रीय बिधि अनुसार शक्तिको आरधनाका साथ पूजा गरेर फुलपाती भित्र्याइयो जनाइएको छ ।

बेनी स्थित कोतमन्दिरमा नेपाली सेनाका सैनीकहरुले ल्याएको फुलपातीलाई बजागाजा सहित बजार परिक्रमा गराई भित्र्याइयो थियो ।

संगमचोकमा पुजाआजा गरिनुका साथै फुलपाती भित्र्याउने बेलामा सेना र प्रहरीको टोलीले सलामी अर्पण गरेका थिए । विधि अनुसार पुजा आजा गरेर फुलपाती भित्र्याइयो बेनी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रामकृष्ण बराइलीले बताउनुभयो ।
बाजागाजा सहित फुलपातीलाई बजार परिक्रमा गराइएको थियो । फुलपाती भित्र्याउने कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,उपमेयर सञ्जु बरुवाल,प्रमुख जिल्ला अधिकारी चिरन्जीवी राना, लगायत सुरक्षा अंगका प्रमुख र सर्वसाधरणहरुको उपस्थिति थियो ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दसैैं अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने फुलपाती भित्र्याइएपछि बढेको छ । घटस्थापनाका दिन जमरा राखिएको पूजाकोठामा शनिबार कालरात्रिको विशेष पूजा गरिन्छ ।

फुलपातीका दिनदेखि सरकारी कार्यालय बिदा भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आफ्नो पुख्र्यौली थलो फर्कने क्रम अझ तीव्र भएको छ । सहरी क्षेत्र सुनसान बन्न थालेका छन् ।

ग्रामीण भेगमा दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे पिङ र रोटे पिङ हाल्न थालीएसंगै दसैँको रौनकता छाएको छ ।