ताजा समाचार:
Search

तातोपानीमा छतमै हेलिप्याड सुविधासहितको ‘‘श्रेष्ठ होटल हटस्प्रिङ’’ सञ्चालनको तयारी (भिडियोसहित)

विकल्प न्यूज/बेनी
असोज २४ गते ।

म्याग्दीको सिंगा तातोपानी बजारमा सुविधा सम्पन्न होटल सञ्चालनको तयारीमा छ । दुईवर्ष अघिबाट पूर्वाधार निर्माण सुरु गरिएको होटल यतिखेर सञ्चालनको अन्तिम तयारीमा जुटेको हो ।

बेनी नगरपालिका ४ सिंगा तातोपानी कुण्ड नजिक करिब १५ करोड रुपैयाँको लगानीमा श्रेष्ठ होटल हटस्प्रिङ सञ्चालनको अन्तिम तयारी गरिएको छ ।
तातोपानी कुण्डमा आउने पर्यटकलाई लक्षित गरेर उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष तथा व्यवसायी प्रमोद श्रेष्ठले दुई वर्ष अघि देखि होटलको पूर्वाधार निर्माण थाल्नुभएको थियो । साढे दुई रोपनी क्षेत्रफलमा रहेको होटलको अहिले ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । पूर्वाधार र सेवासुविधाका हिसाबले होटल जिल्लाकै पहिलो भएको सञ्चालकको दावी छ । होटल सञ्चालनमा आएपछि तोतोपानी कुण्डमा आउने पर्यटकलाई होटलको अभाव नहुँने विश्वास गरिएको छ ।

सिंगा तातोपानीमा आउने पर्यटकलाई लक्षित गरेर होटल सञ्चालन गर्ने लागिएको होटलका सञ्चालक श्रेष्ठले बताउनुभयो । लगानी गर्ने अन्य प्रशस्त ठाउँहरु पनि थिए श्रेष्ठले भन्नुभयो ‘तातोपानीमा आउने पर्यटक तथा विरामीहरुका लागि विगतमा सुविधा सम्पन्न होटलको अभाव महशुष भएकाले त्यसलाई पुर्ती गर्ने उद्देश्यले यसै क्षेत्रलाई रोजेको हुँ ।’ होटल सञ्चालनमा आएपछि यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

‘हामीले प्रर्मोट गर्न खोजेको पर्यटकस्तरीय फोर स्टार कलासको होटल हो । एकदुईवटा पूर्वाधार नभएकाले यो त नपाइला तर हामी भविष्यमा फोरस्टारमा जान्छौं । हामी सँग चार प्रकारका रुमहरु छन् । स्टाण्डर,डिलक्स,सेमिसुइट र सुइट रुमहरु गरी ३६ वटा रुमहरु छन् । प्रत्येक रुमबाट यहाँको प्राकृतिक सुन्दरताको अवलोकन गर्न मिल्ने गरि बनाइएको छ ’ होटलका प्रवन्धक कृष्णराज सुवेदीले भन्नुभयो ।
होटलमा डेढसय जना अट्ने सभाहल पनि छ ।

होटलमा प्रर्याप्त मात्रामा पार्किङको सुविधा पनि छ । यहाँ आउने पाहुनालाई पोखरा र बेनीमा नपाउने खानाका परिकारहरु यहाँ पाउन सकिने प्रबन्धक सुवेदीले बताउनुभयो । लोक्कल खानाहरुलाई प्राथमिकता दिने उहाँले बताउनुभयो ।

यसका साथै हेलिप्याड सुविधा पनि छ । होटलको छतमा हेलिप्याड निर्माण गरिएको छ । हेलिप्याड सुविधा भएको होटल नेपालमै पहिलो भएको उहाँले बताउनुभयो । ‘हामी सँग खुल्ला स्पेश छ । म्याग्दी नदी किनारको प्राकृतिक सुन्दरतामा रमाउँन सकिन्छ। हामीले सवै बर्गका पाहुनाहरुलाई स्वागत गर्दछौं ’उहाँले भन्नुभयो ।