घारखोला जलविद्युत आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

ठाकुरप्रसाद आचार्य/म्याग्दी
असोज १३ गते ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माणधिन १४ मेगावाट क्षमताको घरखोला जलविद्युत आयोजनाको सुरुङ मार्ग निर्माण सकिएको छ । २०७४ साल चैत ६ गतेबाट निर्माण सुरु गरिएको आयोजनाको ३ हजार ५ मिटर लामो सुरुङ मार्ग बुधवार दुवैतर्फबाट जोडिएको छ ।


आयोजनाको मुहानदेखि विद्युत् गृहसम्म पानी ल्याउने सुरुङको ‘ब्रेक थ्रु’ गरिएको आयोजनाका इञ्जिनियर जोसेफलाल बज्राचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको समग्र ६२ प्रतिशत निर्माण सकिएको र आगमी असार सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।