काँग्रेस बेनी नगरपालिकाको सभापतिमा रवि कार्की बिजयी

विकल्प न्यूज/बेनी
असोज १० गते । 

नेपाली काँग्रेस बेनी नगर कार्यसमितिको चयनका लागि आइतबार भएको निर्वाचनमा सभापति पदमा रवि कार्की निर्वाचित हुनुभएको छ ।सभापतिका उम्मेदवार विक्रम बोगटीलाई पराजित गर्दै कार्की विजयी हुनुभएको हो ।

कार्कीले ७६ मत ल्याउनु भयाे भने बाेगटिले ६८ मत ल्याउनु भएको छ । उपसभापतिमा हरि पौडेल ७३, गंगाबहादुर खत्रि ७२ सचिवमा ज्ञानेन्द्र श्रेष्ठ ८१, झलक जिसिले ६७ सहसचिव पदमा स्यानिमाया कार्कि ८१,शान्ति शर्मा ७५ मत प्रााप्त गरेर विजयी भएको निर्वाचन अधिकृतले निरञ्जनराज भण्डारीले बताउनुभयो । आइतबार साँझ नै विजयी भएकाहरुलाई निर्वाचन समितिले प्रमाणपत्र प्रदान गरिएको छ ।

जिसस सभाहलमा भएको घोषणा कार्यक्रममा नगरका पूर्व सभापति अनोद श्रेष्ठले काँग्रेसलाई बलियो बनाउन विजेता र पराजित पक्ष मिलेर जानुपर्ने बताउनुभयो । कार्यक्रममा नवनिर्वाचित सभापति कार्कीले नगरमा काँग्रेसलाई बलियो बनाउन सवैलाई मिलाएर लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्की र बोगटीले दुई समुह बनाएर निर्वाचनमा गएका थिए । कार्की जिल्ला सभापति खम्बिर गर्बुजा पक्षधर हुनुहुन्छ भने बोगटी पूर्व सभापति रेशम बानियाँ पक्षधर हुनुहुन्छ । बोगटीको प्यानलबाट उपसभापतिमा हरिप्रसाद पौडेल र सहसचिवमा शान्ति शर्मा विजयी हुनुभएको छ । शनिबार सुरु भएको अधिवेशनमा सहमतिमा नयाँ नेतृत्व चयन नभएपछि आइतबार विहान मतदान गरिएको थियो । एकसय ७१ मतादाता रहेकोमा १६८ मत खसेको थियो ।