जलजलामा नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु

विकल्प न्यूज/बेनी
असोज १० गते ।

 

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पर्वतको जलजला गाउँपालिकामा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको निर्वाचनको मतगणना सुरु गरिएको छ । वडा नम्बर ४ स्थित मोहोनचोकमा रहेको पार्टी कार्यालयमा मतदान सम्पन्न भएको थियो ।
शनिबार सुरु भएको अधिवेशनमा सहमतिबाट नेतृत्व चयन नभएपछि आइतबार दिउसोबाट मतदान सुरु गरिएको थियो । एकसय ६१ जना क्षेत्रीय प्रतिनिधि मतदाता भएकोमा एकसय ५८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

सभापति पदमा हरिविकास जिसी ,सोवित बरुवाल र इन्दुप्रकास पौडेल विच प्रतिस्पर्धा भएको छ । यसैगरी दुईजना उपसभापतिमा यमुनादत्त पौडेल गोविन्द्र खत्री,सावित्री खत्री,शशि शर्मा, दुई सचिवको पदका लागि चित्रलाल रेग्मी,नविन जिसी,भिमबहादुर श्रेष्ठ,युवराज अर्मजा र दुई सहसचिव पदका लागि खिमबहादुर जिसी,डम्बर विक,बुद्धिबहादुर नेपाली,देवलाल गिरी,यज्ञनाथ रेग्मी र रामकुमार पौडेल उम्मेदवार हुनुहुन्छ ।