ताजा समाचार:
Search

बेनी नगरपालिकामा मतगणना सुरु

विकल्प न्युज/ बेनी

ग्दी १० असोज ।

नेपाली कांग्रेसको बेनी नगरपालिकामा नयाँ नेतृत्व चयनका लागि मतगणना सुरु भएको छ ।

सर्वसम्मत नेतृत्व चयन नभएपछि आइतबार विहान साढे ११ बजेदेखि ५ बजेसम्म जिल्ला समन्वय समितिको सभाहलमा मतदान भएको थियो ।

सभापतिका उम्मेदवार विक्रम बोगटी र रविन्द्र कार्की सहित दुई प्यानल पदाधिकारीका लागि खसेको मतको गणना सुरु गरिएको निर्वाचन अधिकृत केशबप्रसाद रेग्मीले बताए । ा ३ जना मतदातबाहेक अरु सबै क्षत्रिय प्रतिनिधिले मतदान गरेका छन् ।

बोगटीको प्यानलबाट उपसभापतिमा हरिप्रसाद पौडेल र मनकाजी घिमिरे सचिवमा रणबहादुर शाही र ज्ञानेन्द्रकुमार श्रेष्ठ, सहसचिवमा शान्ति शर्मा र स्यानीमाया कार्की उम्मेदवार छन् ।

कार्की प्यानलका तर्फबाट उपसभापतिमा मनोज कार्की, गंगाबहादुर खत्री,सचिवमा झलक जिसी, संगिता श्रेष्ठ र सहसचिवमा विन्दु खत्री र संगमकुमार विश्वकर्मा रहेका छन् ।

बोगटीको समूहलाई रेशम बानियाँ र कार्कीको प्यानललाई खमवीर गर्वुजा पक्षको समर्थन रहेको छ । रहेका छन् ।