काँग्रेसको जलजलामा उम्मेदवार धेरै भएपछि मिलाउन सकस ः मतदानको तयारी

विकल्प न्यूज/बेनी
असोज १० गते ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पर्वतको जलजला गाउँपालिकामा नयाँ नेतृत्व चयन गर्न सकस परेको छ । सभापति सहित पदाधिकारीमा धेरैको उम्मेदवारी परेपछि मिलाउन सकस परेको हो । शनिबार सुरु भएको अधिवेशन आइतबार १२ बजे सम्म पनि मतदानको टुंगो हुनसकेको छैन । नेता र कार्यकर्ताहरु सहमतिमा नयाँ नेतृत्व चयन गर्नुपर्ने बताएका छन् ।
आइतबार उम्मेदवारहरुको मनोनयन भएको थियो । सभापति पदमा हरिविकास जिसी,लक्षमी हमाल आचार्य,बलबहादुर पुन,सोवित बरुवाल,इन्दुप्रकास पौडेल,याम शर्मा,भिष्म मल्लले उम्मेदवारी दिनुभएको छ ।

यसैगरी उपसभापति पदमा यमुनादत्त पौडेल,सावित्री खत्री,गोविन्द्र खत्री,तेजबहादुर खत्री,सशी शर्मा आचार्य, सचिवमा नविन जिसी,चित्रलाल रेग्मी,युवराज अर्मजा,टेकनारायण आचार्य र भिमबहादुर श्रेष्ठले उम्मेदवारी दिएको निर्वाचन अधिकृत भवानी संकर पौडेलले बताउनुभयो ।
यसैगरी सहसचिवमा खिमबहादुर जिसी,रामकुमार पौडेल,देविलाल गिरी,यज्ञनाथ रेग्मी,बुद्धिबहादुर परियार,विरेन्द्र पौडेल र डम्बर विक रहेको छन् ।

आइतबार विहान सभापति पदका उम्मेदवार लक्ष्मी हमाल आचार्य,भिष्म मल्ल र बलबहादुर पुनले आफ्नो उम्मेदवारी फिर्ता गर्नुभएको निर्वाचन अधिकृत पौडेलले बताउनुभयो । उपसभापतिका उम्मेदवार तेजबहादुर खत्री सचिव पदका उम्मेदवार टेकनारायण आचर्या र सहसचिवका उम्मेदवार देवेन्द्र पौडेलले आफ्नो उम्मेदवार फिर्ता लिएको उहाँले बताउनुभयो ।

अझै सहमतिका लागि पहल भइरहेको र सहमति नभए निर्वाचनबाट नेतृत्व चयनको तयारी पनि साथसाथै लगिएको उहाँले बताउनुभयो ।