नेपाली काँग्रेस बेनी नगरमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु (फोटो/भिडियो)

विकल्प न्यूज/बेनी
असोज १० गते । नेपाली काँग्रेसको बेनी नगरमा नयाँ नेतृत्व चयनका लागि आइतबार विहान साढे ११ बजेबाट मतदान सुरु गरिएको छ । सभापतिका प्रत्यसी उम्मेदवार विक्रम बोगटी र रविन्द्र कार्कीले पहिलो मतदान गरेका छन् । शनिबार सुरु भएको अधिवेशनमा सहमतिबाट नेतृत्व चयन नभएपछि सभापति सहित पदाधिकारीमा मतदानबाट नेतृत्व चयन गर्न लागिएको हो ।

 यसैगरी बोगटीको प्यानलबाट उपसभापतिमा हरिप्रसाद पौडेल र मनकाजी घिमिरे सचिवमा रणबहादुर शाही र ज्ञानेन्द्रकुमार श्रेष्ठ सहसचिवमा शान्ति शर्मा र स्यानीमाया कार्की उम्मेदवार हुनुहुन्छ । कार्की प्यानलका तर्फबाट उपसभापतिमा मनोज कार्की,गंगाबहादुर खत्री,सचिवमा झलक जिसी,संगिता श्रेष्ठ र सहसचिवमा विन्दु खत्री र संगमकुमार विश्वकर्मा हुनुहुन्छ ।

सभापतिमा युवा नेता बोगटी र कार्कीको प्यानल प्रतिस्पर्धामा छ । एकसय ७१ जना मतदाता रहेका छन् । दिउसो ३ बजे सम्म मतदान हुने कार्यक्रम तय गरिएको छ ।