ताजा समाचार:
Search

मंगलामा काँग्रेसकाे सभापतिमा नरसिंह खत्री निर्वाचित

विकल्प न्युज/ बेनी

असाेज ९ गते । 

 

नेपाली काँग्रेस मंगला गाउँपालिकाको सभापतिमा नरसिंह खत्री निर्वाचित हुनुभयो छ ।

शनिबार  गाउँपालिकाको केन्द्र बाबियाचौरमा  भएको पालिका अधिबेशनले खत्रीको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेकाे हाे ।

गाउँपालिकाको उपसभापतिमा भागीरथ उपाध्याय र विलबहादुर पुन, सचिवमा चित्रराज आचार्य र विरेन्द बुढाथोकी, सह-सचिवमा नेत्रराज सुवेदी र विमल सुनार चयन भएकाे सचिव अाचार्यले जानकारी दिनुभयाे ।