नेपाली काँग्रेस अन्नपूर्णको सभापतिमा बलबहादुर तिलिजा निर्वाचित

विकल्प न्यूज/बेनी
असोज ९ गते ।

नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिका कार्यसमितिको सभापतिमा क्या.बलबहादुर तिलिजा निर्वाचित हुनुभएको छ ।

शनिबार नयाँ कार्यसमिति चयनका लागि भएको अधिवेशनमा भएको मतदानमा तिलिजाले ५८ मत ल्याएर विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । उहाँका प्रतिद्धन्दी वडा नम्बर ६ घारका वडा अध्यक्ष समेत रहनुभएका किष्णप्रसाद बरुवालले ५७ मत प्राप्त गरी पराजित हुनुभएको छ ।

मतदानमा एकसय २८ जना मतदाता रहेकोमा एकसय १७ जना मतदानमा सहभागि भएका थिए । निर्वाचित सभापति वडा नम्बर ५ शिखवासी हुनुहुन्छ । अन्य पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भएका थिए । सभापतिमा सहमति नभएपछि मतदान गरिएको थियो ।