ताजा समाचार:
Search

नेपाली काँग्रेसको अन्नपूर्ण अधिवेशन ः मतगणना सुरु

विकल्प न्यूज/बेनी
असोज ९ गते ।

नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिका कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भई मतगणना सुरु गरिएको छ । सभापतिका दुई उम्मेदवार कृष्णप्रसाद बरुवाल र क्या. बलबहादुर तिलिजा विच सहमति हुननसकेपछि मतदान गरिएको थियो ।

अन्य पदाधिकारी र सदस्यहरुमा भने सहमति भएको पालिका कार्यसमितिका सचिव सुजन बरुवालले जानकारी दिनुभयो । उहाँले दिएको जानकारी अनुसार एकसय २८ जना क्षेत्रीय प्रतिनिधि मध्य एकसय १७ जनाले मतदान गरेका छन् ।

बरुवाल वडा नम्बर ६ घारको वडा अध्यक्ष समेत हुनुहुन्छ । भने तिलिजा वडा नम्बर ५ शिखवासी हुनुहुन्छ । अवको एकघण्टामा मतपरिणाम सार्वजनिक हुने जनाइएको छ ।