मालिकाको तीन वटा वडामा माओवादी केन्द्र र वाइसीएल पुर्नगठन

विकल्प न्युज/ बेनी

बेनी, ३ असोज ।

म्याग्दीको मालिका गाउँपालिकाको तीन वटा वडामा नेकपा माओवादी केन्द्र र वाइसीएलको पुर्नगठन भएको छ ।

माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीको उपस्थितिमा निस्कोट, रुम र डाडागाउँमा भएको कार्यकर्ता भेलाले पार्टि कमिटी, वाइसिएल, दलित मुक्ति मोर्चा पुर्नगठनका साथै विभिन्न पार्टीबाट आएकाहरुलाई प्रवेश गराइएको छ ।

निस्कोटमा रमेश पुनको अध्यक्षता, पुकार घर्ति सचिब रहेको ३१ सदस्यीय माओवादीको वडा र महेश पुन (माधव) अध्यक्ष, राजेश सुनार सचिब, मेखबहादुर घर्ति उपाध्यक्ष, ज्ञानबहादुर पुन कोषाध्यक्ष र सबिन गोतामे सहसचिब रहेको वाइसिएलको वडा कमिटि गठन भएको छ ।

रुममा हर्कलाल दर्जी अध्यक्ष, यामबहादुर पुन सचिब रहेको माओवादी केन्द्रको ४१ सदस्यीय वडा कमिटी गठन भएको छ । गनेश घर्ति अध्यक्ष, जिवन दर्जी सचिब रहेको ३५ सदस्यीय वाइसीएलको वडा कमिटि गठन भएको छ ।

एमालेबाट खिमबहादुर बिकको नेतृत्वमा माओवादीमा प्रवेश गरेका १२ जनालाई स्वागत भेलामा स्वागत गरिएको माओवादी केन्द्र म्याग्दीले जनाएको छ । डाडागाउँमा सरस्वती पुन अध्यक्ष, लालबहादुर घताने सचिब रहेको माओवादी केन्द्रको ३५ सदस्यीय वडा कमिटि र गम रोका अध्यक्ष रहेको वाइसीएल र प्रकाश बिक अध्यक्ष रहेको १९ सदस्यीय दलित मुक्ति मोर्चा गठन भएको छ ।

माओवादीमा प्रवेश गरेका ज्ञानबहादुर पुन, डलबहादुर घर्ति लगायतलाई जिल्ला संयोजक जुग्जाली, पालिका कमिटीका संयोजक गोबिन सिउथानी, युवा नेता दोरण शेरचन लगायतले स्वागत गर्नुभएको थियो ।

भेलालाई सम्बोधन गर्दै जिल्ला संयोजक जुग्जालीले संबिधान, गणतन्त्र, समावेशी, संघीयता जस्ता राजनीतिक उपलब्धीलाई संस्थागत गर्न प्रगतिशिल बामपन्थी शक्तिको एकता र संबिधानका रक्षकहरुबीच सहकार्यको आवश्यकता औल्याउनुभयो ।

‘हिजो माओवादीले परिकल्पना गरेको जस्तो राज्य ब्यवस्था ल्याउन अब नेपालमा माओवादीकै नेतृत्व आवश्यक छ,’ उहाँले भन्नुभयो ‘माओवादीले अघि सारेको संघीयताले गाउँमा आउने बिकास बजेट बढेको छ, पछाडी परेका जातजाती र समुदायले अवसर पाएका छन् । समाजलाई आर्थिक सामाजिक रुपान्तरण गर्न माओवादीलाई साथ दिनुपर्छ ।’