बेनी नगरको सभापतिमा रविन्द्र कार्कीको उम्मेदवारी घोषणा

विकल्प न्यूज/बेनी
असोज १ गते । 

नेपाली काँग्रेसको असोज ९ गते हुने बेनी नगरपालिकाको अधिवेशनमा युवा नेता रविन्द्र कार्कीले सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

बेनी नगरपालिका ९ घतान निवासी कार्की काँग्रेसमा लामो समय देखि क्रियाशिल हुनुहून्छ । कार्की निर्माण व्यवसायी पनि हुनुुहुन्छ । ८ वर्ष अघि नेपाली काँग्रेसको क्रियाशिल सदस्य लिएर राजनीतिमा लाग्नुभएका कार्की हाल तरुण दलको केन्द्रिय पार्षद समेत हुनुहुन्छ ।

गत भदौं १८ गते वडातहको अधिवेशन सम्पन्न भएसँगै ९ गते हुने गाउँ तथा नगर अधिवेशनको तयारी तालिएको छ । गाउँ तथा नगर कार्यसमितिको नेतृत्व लिन धेरै आकांक्षीहरु देखिएका छन् ।

कार्कीले शुक्रबार फेसबुक मार्फत आफू नगर सभापति पदको उम्मेदवार भएको घोषणा गर्नुभएको छ । नगरमा सभापति पदमा उम्मेदवार घोषणा गर्ने कार्की पहिलो हो । सभापतिमा धेरैले आकांक्षी देखाएपनि हालसम्म उम्मेदवार घोषणा भने गरेका छैनन् ।
विकल्प न्यूजको संक्षिप्त कुराकानीमा कार्कीले आफूले नगरपालिका भित्र काँग्रेसलाई थप बलियो,शसक्त र संगठित बनाउन नेतृत्वमा आउन चाहेको बताउनुभयो ।

‘अहिले समग्र काँग्रेसजनहरुको चाहना पनि युवाले नेतृत्व गरोस् भन्ने छ । त्यसैले म अगाडि बढेको हँु सवैको साथ र सहयोग मिल्ने छ’ कार्कीले भन्नुभयो । अन्य साथीहरुको पनि चाहना हुनसक्छ तर सहमतिमै नेतृत्व चयन गर्न आफूले पहल गर्ने उहाँले बताउनुभयो ।