ताजा समाचार:
Search

नेकपाका कार्यकर्ताले बेनीमा एमसीसी सम्झौता पत्रको प्रतिलिपी जलाए

विकल्प न्यूज/बेनी
भदौं २६ गते ।
नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले एमसीसी सम्झौता खारेजको माग गर्दै बेनीमा पदर्शन सहित विरोध जनाएको छ । बेनीको सहिद स्मृति चोकमा आयोजित विरोध सभामा एमसीसी खारेजको माग गर्नुका साथै सम्झौता पत्रको प्रतिलिपिमा आगो लगाएर जलाईएको थियो । पत्र जलाउँदै नेकपाका केन्द्रिय सदस्य ध्रुर्व घिमिरे (विप्लव) ले राष्ट्रघाति सम्झौता गर्न नहुने बताउनुभयो । यस्तो सम्झौता गरे देशभर आन्दोलन हुने पनि उहाँको भनाई थियो ।